मदन भण्डारीकै जवजलाइ वैज्ञानिक कार्यदिशा मान्न प्रचण्ड सहमत

काठमाडौं, ३ जेठ । कुनै समय प्रचण्ड मदन भण्डारी प्रतिपादित जनताकाे बहुदलीय जनवादलाइ काम नलाग्ने संशाेधनवादी विचार हाे भन्थे । तर, हिजाे आज उनी मदन भण्डारीकै प्रेरणामा आफू कम्युनिस्ट आन्दाेलनमा विचारकाे विकासमा लागेकाे भन्न थालेका छन् ।

यसैक्रममा मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपाले बल्खुमा शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान अतुलनीय रहेको बताए । उनले मदन भण्डारीकाे जबज कम्युनिस्ट आन्दाेलनकै मार्गदर्शक सिद्धान्त भएकाे बताए ।

प्रचण्डले स्वर्गीय मदन भण्डारीको सोच नेपाल निर्माणका लागि अग्रणी भएको बताउँदै उनले देखेको सपनालाई पछ्याउने क्रममा नै अहिले पार्टी एकता भएको बताए । साथै उनले देखेकाे जवजलाइृ पूरा गर्न आफू लागिपर्ने पनि भन्न भ्याए । अब नेकपाको लक्ष्य समाजवाद तिरको एउटा युगीन यात्रा रहेको भन्दै प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनमा होमिएका नेताको सपना पूरा हुने बताए ।

उनले आफूहरुले पार्टी एकता मदन भण्डारीकाे जबजलाइ कार्यान्वयन गर्नकै लागि भएकाे दावी गरे । जवजलाई समाजवादलाई रणनीतिक रुपमा कार्यान्वयन गर्ने बाटाे मानेकाे उनकाे भनाइ थियाे ।

प्रचण्डले आगामी जिल्ला अधिवेशन र आउँदो महाधिवेश हुँदासम्म विश्वका कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै सकारात्मक र रचनात्मक बहस गर्ने दावी पनि गरे । साे क्रममा उनले विश्वको कुनै शक्तिले पनि पार्टी एकतालाई टुक्राउन नसक्ने दावी पनि गरे ।

प्रचण्ड विचारमा निकै ढुलमुले नेता मानिन्छन । विगत जनयुद्धकालमा उनी नेपालका अरु कुनै पनि कम्युनिस्ट नेताहरुले पछ्याएकाे बाटाेलाइ स्वीकारसम्म गर्दैनथे । माओवादी वाहेक सबै संशाेधनवादी देख्थे । जनताकाे बहुदलीय जनवादलाइ त उनले निकै बढी आलाेचना समेत गरे । तर, अहिले उनले अब जवज नै वैज्ञानिक कार्यदिशा भएकाे भन्न सुरु गरेकाे देखिन्छ । साथै उनले कहिलेकाहि विपी काेइरालाकाे समाजवादकाे पनि प्रशंसा गरेकाे देखिन्छ । अहिले उनी मञ्चपिच्छे कहिले गिरिजा काेइराला त कहिले मदन भण्डारीकाे प्रशंसा र गुनगान गाएर त्याे पथमा हिडेकाहरुलाइ प्रभाव पार्न खाेजिरहेका छन् ।

Loading...