रुपन्देहीमा प्रहरीको गोली लागेर एक घाइते

बुटवल । रुपन्देहीको शंकरपुर नाकामा बिहीबार दिउँसो गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो।

सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार गोली लागेर गम्भीर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन्। ‘प्रहरीले पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमाक्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए’, डीएसपी भण्डारीले भने, ‘प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो।’

प्रहरीको गोली लागेर घाइते भएका व्यक्ति भारतीय नागरिक हुन्। स्रोतका अनुसार पक्राउ भारत महाराजगंज जिल्ला फरेन्दाका झिनक धोबी हुन्। स्रोतका अनुसार घाइते पक्राउ परेका धोबीका भतिज दिलिप हुन्। प्रहरीले धोबीको साथबाट एउटा अटोमेटिक पेस्तोल बरामद गरेको छ। आक्रमणमा ३ जना प्रहरी धाइते भएको छन् ।

Loading...