नेकपाको युवामा दिपशिखा, विद्यार्थीमा महर, पत्रकारमा महेश्वर

काठमाडाैं‌, २ जेठ । सत्तासीन पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनकाे एकता टुङ्गाे लगाउँदै तिनकाे नेतृत्व पनि टुङ्गाे लगाएकाे छ ।

बिहीबार बसेको नेकपा सचिवालय बैठकले काठमाडौं जनवर्गीय एकताको टुंगो लगाएको हाे । जनवर्गीय संगठनहरुकाे एकता टुङ्गाे लगाउनुका साथै जवसका प्रमुखहरु ताेक्ने काम पनि भएकाे नेकपाका सचिवालय सदस्य नारायणकाजीले जानकारी दिए ।

श्रेष्ठका अनुसार एकीकृत युवा संगठनको नेेतृत्व रामप्रसाद सापकाेटाले पाएका छन् । उनी यसअघिकाे माअाेवादी केन्द्रकाे युवा संगठनका अध्यक्ष थिए । त्यसैगरी एकीकृत विद्यार्थी संगठनको नेतृत्व ऐन महरले पाएका छन् । महर यसअघिकाे नेकपा एमालेकाे विद्यार्थी संगठनकाे महासचिव थिए ।

त्यसैगरी एकीकृत महिला संगठनको नेतृत्व यसअघिकाे माअाेवादी केन्द्रकी अमृता थापाले पाएकी छन् । त्यस्तै मजदुर संगठनको नेतृत्व विनोदा श्रेष्ठ र पत्रकार संगठनको नेतृत्व महेश्वर दाहालले पाएका छन् । दाहाल तत्कालीन माअाेवादी केन्द्रकाे पत्रकार संगठनका अध्यक्ष थिए ।

Loading...