एएफसी कपमा पन्जाबसँग मनाङ बराबरी

काठमाडौ । एएफसी कप फुटबलको चौंथो खेलमा नेपाली क्लब मनाङ मस्र्याङ्दीले भारतको मिनर्वा पन्जाबसँग बराबरी खेलेको छ।

मनाङ घरेलु मैदानमा पन्जाबसँग १–१ को बराबरीमा रोकिएको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार सम्पन्न खेलमा मनाङले १० खेलाडीमा सिमित भएको पन्जाबको सुरुवाती अग्रतालाई तोड्दै एक–एकको बराबरी खेल्न सफल भएको हो। खेलको ४० औं मनेटमा पन्जाबका लागि थोइबा सिंहले सुरुवाती गोल गरेका थिए।

तर पहिलो हाफको इन्जुरी समयमा पन्जाबका खेलाडी प्रतिक जोशी रातो कार्ड पाएर मैदान बाहिर गएपछि भने दोस्रो हाफमा मनाङले थुप्रै गोलको अवसर पाएको थियो। खेलको ८० औं मिनेटमामात्र मनाङले बराबरी गोल फर्काएको थियो। साहिद अजिजको गोलसँगै मनाङ हारबाट जोगिएको हो।

बराबरी खेलेसँगै समूह ई मा रहेको मनाङले ४ खेलमा २ अंक जोडेको छ। मनाङ समूहको पुछारमा छ। मिनर्वा भने ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा छ।

Loading...