घरमा अर्की श्रीमती रहेको थाहा पाएर साथ छोडेकी जेनीमाथि श्रीमानले गरे एसिड प्रहार

काठमाडौ । काठमाडौं कालोपुलमा बुधवार बेलुका एक युवती माथि एसिड् प्रहार भएको छ । पीडित युवतीमाथि एसिड् प्रहार गर्ने अरू कोही नभई आफ्नै श्रीमान् रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोख्रेलले जानकारी दिएका छन् ।

पीडित युवतीको नाम जेनी खड्का बताइएको छ । राजधानीको कालो पुल नजिकै डेरा गरी बस्ने दोलखाकी २० वर्षीय जेनी खड्कामाथि २८ वर्षीय श्रीमान् विष्णु भुजेलले एसिड प्रहार गरेका हुन् ।भुजेलले पीडित युवतीसँग एक वर्षअघि भागेर विवाह गरेका थिए।

पछिल्लो समय सम्बन्ध खराब भएसँगै युवतीले उनलाई छोडेपछि विवाद चुलिएको थियो। एसिड प्रहारबाट ती युवतीको अनुहार र शरिरको केही भाग जलेको छ । अहिले ती युवतीको उपचारका लागि अस्पताल छिन ।

एसिड प्रहार गर्ने भुजेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । भुजेललाई काँडाघारिको सनसिटी अपार्टमेन्ट नजिकबाट पक्राउ गरिएको डीआईजी पोखरेलले जानकारी दिए । उनका अनुसार युवतीको अवस्था गम्भीर छ । यस घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए ।

Loading...