बुधवार नेप्सेसँगै कारोबार रकममा सुधार

काठमाडौं, १ जेठ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार बुधवार १ अर्ब ३३ कराेड नाघेको छ । अाज बढेकाे नेप्सेसँगै कारोबार रकम पनि बढिरहेको हाे ।

बुधबार कूल १ सय ७२ कम्पनीको ४० लाख ४३ हजार १ सय ५७ कित्ता शेयर खरिद बिक्री भएका छन् । बुधबार नेप्से ०.४२ प्रतिशतले बढेको छ । नेप्से आइतबार ५ दशमलव ५५ अंकले बढेर १३२१ मा पुगेको छ । सुरुवातमा नेप्से तीब्र गतिमा बढे पनि बजार बन्द हुने समयमा सुधार हुँदै ५.५५ अंकले मात्र बढ्न पुगेकाे हाे । 

बुधबार नेप्सेका सबै परिसूचकहरु बढेका छन् । सेन्सेटिभ इन्डेक्स ० दशमलव ९ अंकले बृद्धि भएको छ । जसलाई फ्लोटिङ इन्डेक्स र सेन्सेटिभ फ्लोटिङ इन्डेक्सले पछ्याएका छन् । 

सबैभन्दा बढी कारोबार नेपाल कमर्स एण्ड क्रेडिट बैंक लिमिटेडको भएको छ । उक्त बैंकको कारोबार रकम नै १४ करोड ८२ लाख भन्दा बढी पुगेको छ । त्यसलाई नेपाल बैंक लिमिटेड र शिवम सिमेन्टले पछ्याएका छन् ।

बुधबार कारोबार भएका १२ वटा समूह मध्ये ६ वटा समूहका परिसूचक बढेका छन् भने ६ वटा समूहका परिसूचक ऋणात्मक भएको छ । त्यसमध्ये ट्रेडिङ समूहका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने उत्पादनमूलक समूहका लगानीकर्ताले बढी गुमाएका छन् ।

बुधवार काराेबार भएका कम्पनीहरुमध्ये सबैभन्दा बढी नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । त्यस्तै हिमालयन डिस्ट्रीलरी लिमिटेडका लगानीकर्ताले बढी गुमाएका छन् । 

Loading...