रामकृष्ण ढकालको स्वरमा आयो चर्चित गीत ‘आमा’

काठमाडौँ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको आमामा चर्चित गायक रामकृष्ण ढकालले सुमधुर आवाज भरेका छन् ।

गीतकार गुरुङले यसअघि दर्जनौ चर्चित गीतहरु लेखिसकेकी छन । चर्चित गीतकारको रुपमा आफुलाई स्थापित गर्न सफल गुरुङ अन्य साहित्यक विधा र समाजसेवामा समेत सक्रिय छन ।

उनको गीत आमामा चर्चित गायक रामकृष्ण ढकालको सुमधुर आवाजका साथै संगीतकार प्रकाश लेप्चाको संगीत रहेको छ । यस गीतको म्यूजिक भिडियो पनि निर्माण भइसकेको छ । उक्त म्यूजिक भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् भने दिपेन्द्र थपलियाले छायांकन गरेका छन ।

भिडियोमा रश्मी भट्ट, सुप्रिया कटुवाल, नरेन र बसुको उत्कृष्ट अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस

Loading...