राजिवले १५ प्रश्नकै उत्तर दिएपछि राजेश हमाल दङ्ग पर्दै दिए एक करोडको चेक

काठमाडौं । विराटनगरका राजीव जैन कौन बनेगा करोडपतिको नेपाली संस्करणमा पहिलाे कराेडपति बन्न सफल भएका छन् । प्रस्ताेता राजेश हमालले साेधेका सबै १५ वटा प्रश्नकाे जवाफ दिएर राजिव कराेडपति बन्न सफल भएका हुन् । 

खेल खेलेरै पहिलाे कराेडपतिकाे कीर्तिमान कायम गरेपछि प्रस्ताेता राजेश हमाल पनि दङ्ग परेका थिए । जैनले शनिबारको एपिसोडमा निरन्तर १३ प्रश्नको सही जवाफ दिएर २५ लाख जित्दा निर्धारित समय सकिएको थियो । त्यसपछि आइतबार बाँकी २ वटा प्रश्नको पनि सही उत्तर दिए ।

१५ औं प्रश्नको रुपमा महानायक हमालले जैनलाई ‘२००७ सालको प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ?’ भन्ने प्रश्न सोधेका थिए त्यसमा जैनले ‘वि.सं २०१४ माघ १९ गते’ भन्ने उत्तर दिएर एक करोड जिते । जैनलाई कार्यक्रम प्रस्ताेता राजेश हमालले १ कराेडकाे चेक प्रदान गरे ।

एक करोड जितेका जैनले सो पैसाले विश्व भ्रमण गर्नुका साथै समाजसेवामा खर्चिने बताएका छन् ।

Loading...