डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा गोविन्दप्रसाद ढकाल

काठमाडाैं । डेभलपमेन्ट बैंकर्स एसाेसिएसन नेपालको अध्यक्षमा गोविन्दप्रसाद ढकाल चयन भएका छन्।

एसाेसिएसनको तेह्रौं वार्षिक साधारणसभाले उनलाई सर्वसम्मत चयन गरेको हो। ढकालको अध्यक्षतामा ११ कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको एसाेसिएसनले जनाएकाे छ।

समितिको प्रथम उपाध्यक्षमा प्रद्युमन पोखरेल, द्वितीय उपाध्यक्षमा रेशम बहादुर थापा, महासचिवमा मनोज कुमार ज्ञवाली, सचिव प्रदिप कुमार श्रेष्ठ र कोषाध्यक्षमा सुयोग श्रेष्ठ रहेका छन्।

सदस्यहरुमा भने रमेश प्रसाद जोसी, नरेश सिंह बोहरा, विरुराम जैसी, प्रविन वस्नेत, नविन सुवेदी रहेका छन्।

एसाेसिएसनको तेह्रौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आ.व. २०७५/०७६ को अनुमानित आय, व्यय र लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ।

Loading...