तीनवर्षदेखि नबढेको कर्मचारीको तलब एकैचोटी ह्वात्तै बढाउने अर्थमन्त्रीको यस्तो छ तयारी

काठमाडौं, २९ बैशाख । सरकारले नयाँ आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउने तयारी गरेको छ। अर्थमन्त्रालय स्राेतका अनुसार सरकारले नयाँ आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले ल्याउन लागेकाे नयाँ बजेटमा कर्मचारीको तलब बढाउने तयारी गरेको हो।

अर्थ मन्त्रालय स्राेतले कर्मचारीले हाल खाइपाइ आएकाे मासिक तलबमा १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी थालिएको ननस्टपखबरलाइ जानकारी दिएकाे छ । कर्मचारीहरुकाे तलब बढाउनका लागि तलब पुनरावलोकन समितिले के कति तलब बढाउने भन्ने गृहकार्य गरी सिफारिस गर्ने बताइएकाे छ । कर्मचारीहरुकाे तलब पुनराबलाेकन समिति मुख्य सचिवको संयोजकत्वमा रहने गरेकाे छ । अहिले साे समितिले आन्तरिक गृहकार्य र छलफल गरिरहेकाे बताइएकाे छ ।

सरकारले पछिल्लाे तीन वर्षदेखि कर्मचारीको तलब बढाउन सकेको थिएन। सरकारले यही जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्ने तयारी गरेकाे छ। वजेटमा कर्मचारीकाे तलबसँगै वृद्धभत्ता पनि १ हजार बढाउने तयारी भइरहेकाे स्राेतले जानकारी दिएकाे छ ।

अर्थमन्त्रालय स्राेतका अनुसार अहिले अर्थमन्त्री डा युवराज खतिवडा र अर्थ मन्त्रालयका कर्मचारी बजेट निर्माणमा व्यस्त छन्। आगामी आवका लागि करिब १५ खर्बको बजेट ल्याउने तयारी भइरहेकाे बुझिएकाे छ । संघीय संसद्का दुवै सदनको चौथो अधिवेशन यही वैशाख २० गतेदेखि जारी छ। यही अधिवेशनलाइ बजेट अधिवेशनका रूपमा लिइने बताइएकाे छ ।

Loading...