यस्तो छ भक्तपुर चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति

भक्तपुर चेम्बर अफ कमर्शमा न्हुछेरत्न मानन्धरको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ । मध्यपुर थिमिस्थित यचू पार्टी भेन्यूमा आयोजित पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा नवगठित समितिका पदाधिकारीहरुको नामावली सार्वजनिक गरिएको हो ।

नयाँ समितिमा कविदास धौबजि श्रेष्ठ उपाध्यक्ष, सुरेन्द्र श्रेष्ठ सचिव, जगतबहादुर श्रेष्ठ कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा चन्द्रभक्त श्रेष्ठ, अष्टबज्र बज्राचार्य, लक्ष्मीबहादुर श्रेष्ठ, रामगोपाल सुवाल र राध्ये सैंजु छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लले ठुला उद्योगदेखि रैथाने परम्परागत पेशा व्यवसाय गर्नेहरुसम्मलाई चेम्बरले सघाउने बताए । भक्तपुरको हस्तकला, कृषि, घरेलु उद्योग लगायतबाट उत्पादन हुने उपजलाई राष्टिय तथा तथा अन्तराष्टिय बजारीकरण गर्नुपर्ने बताउँदै नवगठित भक्तपुर चेम्बरलाई यसतर्फ ध्यान केन्द्रित गर्न उनले अनुरोध गरे ।

 

त्यस्तै, भक्तपुर चेम्बर अफ कमर्शमा नयाँ नेतृत्व लिएका अध्यक्ष न्हुछेरत्न मानन्धरले आफ्नो कार्यकालमा तीन चरणमा भक्तपुरको औद्योगिक विकास, व्यवसाय प्रवर्द्धन तथा व्यवसायीको क्षमता विकास गराउने प्रतिबद्धता जनाए । व्यवसायीले आ-आफ्नो व्यवसाय मात्र गरेर नपुग्ने बताउँदै उनले कर तथा हिसाबकिताबको ज्ञान अनिवार्य हुनुपर्नेमा जोड दिएका थिए ।

Loading...