अभियान्ताको गुठिलाई प्रश्न -पुर्खाले सम्पत्ति बुझायो अहिले आफै सकाउने ?

वैशाख २७,काठमाडौं /  संम्पदा र परम्परालाई बचाई राख्न जनताले सम्पत्ति बुझाएको निकाय गुठि संस्थान आफैले असन बजारको ऐतिहासिक कोथुननी धार्मिक बिहार एक सहकारीलाई ‘लीज’ मा दिएर व्यापारिक ‘कम्प्लेक्स’ बनाउने नाउमा पाँच सय पुरानो अशोक वृक्ष विहार भत्काउन लागि परेपछि संम्पदाप्रेमी स्थानीयवासी आन्दोलित भएका छन् ।
परापुर्ब कालदेखि ब्यापारिक केद्रको रुपमा स्थापित घडी घर भनेर चिनिने असन बजारको ऐतिहासिक ‘कोथुननी धार्मिक बिहार’ मासेर ब्यापारिक कम्प्लेक्स बनाउन विभिन्न निकायको समेत मिलेमतोमा ठुलै माफियाको जालो महानगरपालिकादेखि गुठी संस्थानसम्म फैलिएको सम्पदा बचाऊ अभियन्ताहरुको आरोप छ ।

शुक्रबार खुल्ला असन बजार बीच बिरोध सभामा कोठुननी बचाउ अभियानका संयोजक नमस्ते सायमीले २०७० फाल्गुनमा गुठी संस्थानसँग भएको सम्भौतामुताबिक भूबहाल कर बुझाउञ्जेलसम्म सन्तान दरसन्तानले त्यही घरमा बस्न पाउने दाविगारे । ‘पुरानो घरहरु मर्मत या पुनर्निर्माण गर्नुपरे पनि स्थानीयलाई प्राथमिकतामा राख्नु पर्ने भन्ने सम्झाैतामा उल्लेख छ’, उनले भने।

पुस्तौँदेखि भोगचलनक साथै संरक्षण गर्दै आएको स्थानीय बज्राचार्य परिवारसँग करार सम्झौता कायमै रहेकाे भित्र गुठी संस्थानले ‘बज्रयोगिनी सामान्य बहुउद्देश्यीय’ नामको कम्पनीसँग सम्झौता गरेर ब्यापारिक कम्प्लेक्स बनाउने र २५ वर्ष भाडामा चलाउन दिने गरी सम्झौता गरी घर खाली गर्न म्याद पुर्जी जारि गरे पछि स्थानीयहरु सम्पदा बचाउ अभियानमा लागेका हुन् ।

कार्येक्रममा नेपाल कम्युनिष्ट पार्टीक सांसद रामबीर मानन्धरले असन जस्तो एेतिहासिक सम्पदा क्षेत्रमा कुनैपनि हालतमा ब्यापारिक कम्प्लेक्स बनाईन नहुने बताउनु भयो । संासद मानन्धरले असनको कोथुननी बचाउनका लागि आफ्नो तर्फबाट समर्थन र सहायो रहने बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद पुर्व रक्षा मन्त्री भीमसेनदास प्रधानले सम्पदाया बचाई राख्नक लागि बृहत संगठनको आवस्यकता रहेको विचार राख्नुभयो ।
यसै गरि समाजवादी नेपालका केन्द्रिय सचिब हिसिला यमिले असनमा ब्यापारिक कम्प्लेक्स नभई सम्पदा क्षेत्र बनाइनु पर्ने माग गर्नु भयो ।

बिरोध कार्येक्रममा काठमाडौँ क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठ, पूर्व मन्त्री तीर्थराम डगोल, ३ न.प्रदेशया सांसद राजेश शाक्य ,गुथि संस्थानक पुर्व प्रमुख पंचलाल महर्जनको उपस्थित रहेको थियो ।

इतिहासकाल बाट व्यापारिक केद्रबिन्दुक रुपमा रहेको व्यापारिक घडी घर नेवार समुदायको स्वमित्वो रहेको उक्त घरपछि रणबहादुर शाहले अतिक्रमण गरेर ‘श्री ५ को वायु देवता गुठी’को नाममा चलाएकाे स्थानीय गुठियारहरु बताउँछन् । उक्त गुठी चलाउनकै लागि खटाइएका तालुकदार घरमा रेखदेख गर्दै वर्षौंदेखि बसिरहेकासँग भाडा उठाउँने गर्दथियो । राजा वीरेन्द्रका पालासम्म पनि सुसारेहरु यही घरमा बस्थे । जसले दरबारमा कोही मरेमा वायु शान्ति गर्न हनुमानढोकामा पूजा लैजाने गर्दथे ।
आठ आना तीन दाम क्षेत्रफलमा फैलिएको घडी घरमा सैयौँ वर्षदेखि बस्दै आएका उनीहरुले नै अहिलेसम्म सबै रेखदेख गर्छन् । साँस्कृतिक,परम्परा ,धार्मिक पुरातात्विक महत्वसमेत सम्रक्षण तथा संचालनको जिम्मेवार निकाय गुठी संस्थान आफै नै ब्यापारिक प्रयोजनका लागि करारमा तल्लिन रहेकोमा स्थानीय सम्पदा बचाऊ अभियान कर्ता आक्रोशित भएका छन् ।

Loading...