दाँत माझ्ने कोलगेट मञ्जनमा क्यान्सर विकास गर्ने खतरानाक रसायन

काठमाडौं, २६ बैशाख । कोलगेट धेरैले दैनिक प्रयोग गर्ने मञ्जन हो । बिहानसाँझ दाँत माझ्न प्रयोग गर्ने यही कोलगेट मञ्जनमा एक अध्ययनबाट क्यान्सर विकास गर्ने खतरानाक रसायन भेटिएको छ ।

कोलगेटमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको हो। यो रसायनले क्यान्सरको कोष विकास गर्न सहयोग पुर्याउँने टक्सीकोलोजी नामक एक जर्नलले जनाएको छ । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनबाट देखिएको उक्त पत्रिकाको दाबी छ ।

कोलगेटमा भेटिएको यो रसायनले मानव शरीरको महत्वपूर्ण अंगमा पनि ठूलो नोक्सानी पुर्याउँछ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भएको थियो । सन् २००८ मा नै विश्वमा उक्त रसायन मानव स्वास्थ्का लागि खतरानाक रहेको पुष्टि भइसकेको भए पनि कोलगेटले भने अहिलेसम्म सोही रसायनको प्रयोग गरिरहेको भेटिएको छ ।

विश्वमा उक्त रसायनलाई मानिसका दैनिक प्रयोगका वस्तुहरुमा नगरिने भए पनि कोलगेटले भने मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने दावी गर्दै त्यही रसायन प्रयोग गरिरहेको उक्त टक्सीकोलोजी पत्रिकाले जनाएको छ ।

यसअघि क्यानडाले त्रिक्लोसा नामक रसायनको प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ ।

Loading...