सरकारी कर्मचारीका छोराछोरी पढाउन लाख रुपैयाँको छात्रवृति घोषणा

काठमाडौँ । सामान्यत: गरिव कमजाेर जेहेन्दार विद्यार्थीका लागि छात्रबृति घाेषणा गर्ने गरिन्छ । वा पिछडिएका क्षेत्रका सर्वसाधारणका छाेराछाेरीका लागि यस्ता छात्रबृति लगायतका विभिन्न अवसरहरु प्रदान गरिन्छन । तर, संघीय व्यवस्था लागु भएपछि दृष्यहरु बदलिँदै गएका छन् । धेरै दृष्यहरु बदलिने क्रममा छात्रबृति दिने प्राथमिकताहरु पनि बदलिएका छन् । 

यसैबीच सुदूर पश्चिम प्रदेशले सरकारी कर्मचारीका छाेराछाेरीलाई उच्च शिक्षा अध्ययनका लागि एक लाख रुपैयाँ प्रदान गर्ने घाेषणा गरेको छ सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले यस्ताे व्यवस्था गरेकाे हाे । साे मन्त्रालयले प्रदेश तथा प्रदेशस्तरका जिल्ला एवं स्थानीय तहका कार्यालयहरूमा कार्यरत कर्मचारीका छाेराछाेरीलाइ उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति सम्बन्धी सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्षका लागि ३५ जनाको कोटा छुट्ट्याएको छ । यसका लागि आवश्यक योग्यता २०७५ मा कक्षा उत्तीर्ण गरी स्नातक तह प्रथम वर्षमा अध्ययनरत भएको हुनुपर्नेछ ।

मन्त्रालयले कर्मचारी शैक्षिक छात्रवृत्ति अन्तर्गत प्रदेश तथा प्रदेशस्तरका जिल्ला एवं स्थानीय तहका कार्यालयमा कार्यरत रही अध्ययन बिदा नलिई उच्च शिक्षा अध्ययन गर्ने सरकारी कर्मचारीलाई पनि एक लाख रुपैयाँ दिने भएको छ ।

१५ जना कर्मचारीलाई विवतरण गरिने उक्त छात्रवृत्ति राजपत्र अनंकित वा सो सहरका कर्मचारीको हकमा स्नातक तथा राजपत्र वा सो सरहका कर्मचारकिो हकमा स्नातकोत्तर, एमफिल, पिएचडी अध्ययनरत रहेको हुनुपर्ने जनाएको छ ।

त्यसै गरी जयपृथ्वीबहादुर सिंह छात्रवृत्ति र टिकाराम पार्की छात्रवृत्तिमा एक सय ७६ जना र शहीद दशरथ चन्द छात्रवृत्ति अन्तर्गत ५० जनालाई जनही ५० हजार प्रति विद्यार्थी छात्रवृत्ति दिने भएको छ ।

आवेदन पेस गर्ने अन्तिम मिति जेठ २१ गतेसम्म तोकिएको छ ।

Loading...