अपहरणपछि बालकको निर्मम हत्या

काठमाडाैँ, २४ बैशाख । धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ। मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए।

बेपत्ता आर्यनको शव मंगलबार बिहान घर नजिकै बारीमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।

आधा घाँटी काटेको अवस्थामा शव फेला परको राईले बताए। ‘हामी अहिले मुचुल्का उठाउने काम गर्दैछौँ,’ प्रहरी निरीक्षक राईले भने, ‘घटनाको पूरा अनुसन्धान गरेपछि मात्रै थप भन्न सकिने अवस्था छ।’

आर्यन सोमबार साँझ हरियो रङको टिसर्ट लगाएर घरमै खेलिरहेका थिए। उनी खेल्न थालेपछि अभिभावक बालकलाई घरमै छाडेर घर नजिकैको धारामा पानी लिन गएका थिए।

त्यहीबीचमा आर्यन बेपत्ता भएका थिए। बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी शुरु गरेका थिए। बालक नभेटिएपछि अभिभावकले बालक हराएको जानकारी इलाका प्रहरी कार्यालय ढल्केवरलाई गराएका थिए।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राईसहित गाउँलेले बालकको खोजी सोमबार रातिबाटै गरेका थिए। तर, बालक फेला परेका थिएनन्। खेतबारीतिर जान सक्ने भन्दै त्यसतर्फ पनि खोजी गरिएको थियो। तर राती खोज्दा बालक फेला परेका थिएनन्।

तर, मंगबार बिहान राति नै खोजिएकै ठाउँ घर नजिकैको खेतमा उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राईले बताए।

बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या भएको पाइएपछि अपहरण गरेर हत्या गरिएको अनुमान प्रहरीले गरेको छ। अपहरणपश्चात हत्या किन र कसले ग¥यो भन्ने केही खुल्न सकेको छैन।

Loading...