सरकारी सर्भरमा आयो यस्तो ठूलो समस्या

काठमाडौ, २२ बैशाख । राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआइडीसी) को सर्भरमा समस्या आउँदा अनलाइनबाट हुने सरकारी सेवाहरु प्रभावित भएका छन् ।

साढे १० बजेदेखि सर्भरमा समस्या आएका जीआइडीसीका प्रवक्ता रमेश पोखरेलले जानकारी दिए । उनका अनुसार ट्राफिक भएका कारण नेटवर्कमा समस्या आएको छ ।

‘साढे १० बजेसम्म राम्रो काम भइरहेको थियो,’ उनले भने, ‘ट्राफिक बढी भएका कारण समस्या देखियो। अबको केहीबेरमै समस्या समाधान हुन्छ।’

देशभरका सरकारी निकायका वेबसाइट र अनलाइन डाटाबेस जीआइडीसीको सर्भरमा राखिएको छ। जीआइडीसीको सर्भरमा समस्यद देखिँदा अनलाइनमार्फत काम हुने मालपोत, यातायात र राहदानी विभागजस्ता सरकारी निकायमा समस्या देखिएको छ।

Loading...