दोस्रो पटक विहे गर्दै प्रचण्ड, भव्य विवाह मण्डप सजाइदै

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरी एक पटक दुलाह बनेर विवाह मण्डपमा बस्ने भएका छन् ।

उनकाे अरुकाेहीसँग विवाह हुन लागेकाे नभइृ पत्नी सीता दाहालसँग नै उनले फेरी विवाह गर्ने भएका हुन् । सीता र प्रचण्डबीच विवाहको ५० बर्ष पुगेको छ । बैबाहिक जीवनको ५० बर्ष पुगेपछि प्रचण्डले फेरी विवाह गर्न लागेको उनी निकट स्रोतले बताएको छ ।

२६ बैशाखमा प्रचण्ड र सीताबीच फेरी विवाह हुने भएको छ । विवाहको ५० बर्ष गाँठमा प्रचण्डले औपचारिकरुपमै सीताको सिउँदोमा सिन्दुर हाल्ने भएका छन् । पुनः विवाह गर्दै प्रचण्डले सीताको सिउँदोमा सिन्धुर हाल्न लागेका हुन् । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो ।

छोराकाे निधनपछि विछिप्त बनेकी सीता दाहाल अझै तंग्रिन सकेकी छैनन् । सीतालाई हौसला दिन प्रचण्डले फेरी सीता दाहालसँग विवाह गर्ने भएका छन् । सीतालाई मानसिकरुपमा सकारात्मक प्रभाव पार्न प्रचण्डले दोस्रो पटक विहे गर्न लागेका हुन् ।

Loading...