सुन तस्करीको नयाँ नयाँ तरिका पत्ता लाग्दै, सर्टको टाँक बनाए यति धेरै भित्रियो सुन

काठमाडौं, २२ बैशाख । सुन तस्करीविरुद्ध सरकार सक्रिय भएपछि तस्करले नयाँ-नयाँ उपाय प्रयोग गर्न थालेका छन्। पछिल्लोपटक काठमाडौंमा सर्टका टाँक बनाएर ल्याइएकाे सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्।

त्रिभुवन अन्तराष्ट्रय विमानस्थलबाट ८ सय १५ ग्राम सुनसहित भारतीय नागरिक सतिशकुमार अरोरालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। थाई लायन एयरलाइन्सबाट आएका सतिशले सुनलाई सर्टका टाँक बनाएर ल्याएका थिए। उनले लुगा सिलाउन प्रयाेग हुने सामाग्री ल्याएका थिए। प्रहरी र भन्सारकाे टाेलीले शंका लागेर जाँच्दा सुन भएकाे पत्ता लागेकाे हाे।

भन्सार, विमानस्थल प्रहरी र अपराध महाशाखाकाे संयुक्त टाेलीले उनलाइ पक्राउ गरेकाे हाे। थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। पछिल्लाे समय तस्करहरुले सुन तस्करीका तरिका बदल्दै गएकाे देखिन्छ । टाँक बनाएर धेरै ठूलाे मात्रामा सुन भित्र्याएकाे हुनसक्ने अनुमान गरिएकाे छ ।

Loading...