बाबुराम र उपेन्द्रले पार्टी एकता गरी बनाए समाजवादी पार्टी, नेपाल

काठमाडौं, २१ बैशाख । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको नेतृत्वमा रहेका दुई पार्टीबीचको एकता भएको छ । केही समयदेखि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम, नेपालबीच एकताका लागि चलेको छलफल शनिवार अन्तिम टुङ्गो लागेको हो ।

स्रोतका अनुसार दुई पार्टी मिलेर बन्ने पार्टीको नामसहित धेरै कुरामा सहमति भइसकेको छ । नयाँ बन्ने एकीकृत पार्टीको नाम समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ । नयाँ शक्ति पार्टीको बबरमहलस्थित कार्यालयमा बसेर शनिबार दुई पार्टीका नेताहरुले पार्टी एकीकरणको विषयमा सहमति जुटाएका हुन् ।

आन्तरिक बैठकमा सहमति गरिएपछि फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले शनिबार नै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा बैशाख २३ गते विशेष कार्यक्रम आयोजना गरी एकताको घोषणा गरिने जानकारी गराएका छन् । एकता घोषणा कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बताइएको छ ।

विज्ञप्तिमा समाजवादी पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने उल्लेख छ।

दुई पार्टीबीचको एकीकरण हुने चर्चा विगतदेखि नै चल्दै आएको थियो। व्यापक छलफल र विचार विमर्शपछि पार्टी एकीकरण गरी समाजवादी पार्टी नेपाल निर्माण गर्ने ऐतिहासिक सहमति जुटाइएको विज्ञप्ति मार्फत जानकारी दिइएको छ।

यस्ताे छ विज्ञप्ति

 

Loading...