बिदेशिएका नेपालीहरुका पीडा समेटेर शिवले ल्याए यस्तो मर्मस्पर्सी गीत (भिडियो)

काठमाडाैं । चर्चित गायक शिव लामिछाने सिवाजको नयाँ गीत ‘परदेशी आउ है फर्केर’ रिलिज भएको छ। नेपालीहरुले बिदेश बस्दा भोग्ने पिडा र दुख गीतको भिडियोमा देखाइएको छ। लामिछानेका यसअघि ‘किन दुख्छ’, ‘चाहे माया गर’, ‘जय नेपाल’ जस्ता गीतहरु निकै चर्चित छन् ।

यस गीतमा धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका नेपाली जो आफन्त र प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् उनीहरुकाे भाव समेटिएकाे छ । बिश्व श्रमिक दिवसका दिन गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतमा स्वर, शब्द र संगीत गायक शिव लामिछानेको रहेको छ भने एरेन्जमेन्ट सुरज बिकले गरेका हुन। विवेक खड्काले खिचेको भिडियोमा जीवन, सुनिता, सुक्मित र रोजिनाको अभिनय रहेको छ। प्रविन श्रेष्ठले भिडियो सम्पादन गरेका हुन। कसम नेपालको कन्स्पेट र निर्देशनमा भिडियो तयार भएको हो।

गायक लामिछाने द अर्थ ब्यान्डका भोकलिस्ट, कृपा फाउन्डेसनका अध्यक्ष तथा बराह जवेलरी इन्डस्ट्रीजका अध्यक्ष समेत हुन।

हेर्नुहोस पूरा भिडियो

Loading...