सरकारको नीति तथा कार्यक्रमः चिनियाँ रेलदेखि भारतीय पानी जहाजसम्म

काठमाडौं, २० बैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदको दुबै सदनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

नीति तथा कार्यक्रममा सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने घाेषणा गरेकाे छ । नीति तथा कार्यक्रममा पानीजहाजदेखि सुरुङमार्ग हुँदै चीनबाट रेल ल्याउने कुरासम्म समेटिएका छन् । त्यसैगरी इतिहासकै उच्चगतिकाे अार्थिक बृद्धि हुने घाेषणादेखि ५० हजारलाइ स्वराेजगार गराउने कुरासम्म कार्यक्रममा समेटिएका छन् । 

अर्थतन्त्रका सूचकहरु कमजाेर रहेकाे भनि विज्ञहरुले अालाेचना गरिरहेकाे र सरकारका पछिल्ला कदमहरुले सरकारप्रति जनताकाे सकारात्मक धारणा नभएकाे वर्तमान अवस्थामा विभिन्न लाेकप्रिय कार्यक्रम घाेषणा गरिएकाे छ । वर्तमान अवस्थामा चालु खर्च पनि पूर्ण खर्च गर्न नसकेर लक्ष्य घटाएकाे सरकारले घाेषणा गरिएका कार्यक्रमलाइ व्यवहारमा उतार्ने कुरामा मानिसहरुले शंका गरेका छन् । 

यस्ता छन नीति तथा कार्यक्रमका मुख्य बुँदाहरु

–आगामी आथिक बर्ष इतिहासकै तीव्र विकासको बर्ष हुनेछ ।

–मानवीय क्षेत्र विकास, रोजगार सृजना, असमानताको अन्त्य र विधिको शासनको प्रत्याभूतिलाई केन्द्रमा राखिएको छ ।

–प्रदेशहरुको सम्भावनाका आधारमा विशिष्ट विकास नीति कार्याक्रमको अवधारणा ल्याइने ।

–क्षेत्रगत कार्यक्रमलाई दीगो विकासको लक्ष्यसँग आवद्ध गरिनेछ ।

–२०२१ सम्म देश उच्च आय भएको हुनेछ ।

–आगामी चारवर्ष भित्र दोहोरो अंककमो आर्थिक बृद्धिदर हासिल गरिनेछ ।

–राष्ट्रिय बचत क्षमता बढाइनेछ ।

–ठुला आयोजनामा नागरिकाको लगानी लगाइनेछ ।

–अधुरो राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै सम्पन्न गरि सञ्चालनमा ल्याइनेछ ।

– आगामी वर्ष ५ लाखलाई थप रोजगार दिने ।

– कर भुक्तानी लागत घटाइने ।

–आगामी जेठ १ गतेदेखि एकल बिन्दु सेवा स्थापना गरिने ।

–उत्कृष्ट उत्पादनको नीति लिइने ।

–आगामी १ वर्षमा सातै प्रदेशमा औद्योगीक क्षेत्र निर्माण गरिने ।

–आगामी आर्थिक वर्ष देखि नवलपरासीको फलाम खानीबाट व्यवसायिक उत्पादन सुरु गरिने छ ।

–कोशी र कर्णाली कोरिडोरको सबै ट्रयाक खोल्ने कार्य आगामी वर्षबाट सुरु गरिनेछ ।

–राजमार्गका विभिन्न स्थानमा आपतकालिन हवाइ अवतरणका लागि आपतकालीन धावनमार्गको रुपमा विकास गरिनेछ ।

–सामुदायिक, सहकारी र करार खेतीमा युवालाई प्रोत्साहन गरिनेछ ।

– खाद्यवस्तुको उत्पादनमा तीव्र बृद्धि गरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाइनेछ ।

–सिञ्चित कृषि क्षेत्रको वृद्धि मुलुकको समृद्धि ।

–लिफ्ट सिञ्चाइ प्रणाली विस्तार गरिनेछ । मधेस तथा तराईका कृषियोग्य भूमिमा सौर्य सिचाईं योजना सञ्चालन गरिनेछ ।

–सरकारको जनताको सुख दुखमा साथ दिने गरी शशक्त हुनेछ ।

–दोहोरो अंकको आर्थिक बृद्धिदर भएको छ । २७ प्रतिशतले बचत बृद्धि भएको छ । अनावश्यक खर्चमा कटौती गरी मितव्ययीता कायम गरिएको छ । विकास हामै पालामा सम्भव छ भन्ने विश्वास बढ्दै गएको छ । एक बर्षको अवधिमा १ हजार ६ सय किलोमिटर भन्दा बढी सडक कालोपत्रे भएको छ । रेलमार्ग निर्माणको लागि प्राविधिक अध्ययन सम्पन्न भएको छ ।

–२८७ मेगावाट विजुली यस वर्षको अत्न्यसम्म हुनेछ । सम्पूर्ण सुभनालाई डिजिटल नेटवर्कमा आवद्ध गर्ने गरी फ्रेमवर्क तयार भएको छ ।

–स्वदशेभित्रै रोजगारीको लागि सवै स्थानीय तहमा रोजगारी सुचना केन्द्र स्थापना गरिएको छ ।

–ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको छ । राष्ट्रिय सुरक्षा नीति

– वित्तय अपराधमा संलग्नालाई कानुनी दायरामा ल्याइएको छ ।

–हरेक दिन एक कदम अगाडी बढ्ने सरकारको नीतिका कारण जनतामा उत्साह सृजना भएको छ । समृद्धिको आधार वर्ष बनाउन सरकार सफल भएको छ ।

–जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्रबाट उद्योगी व्यवसायीलाई सेवा दिने । लगानीकर्तालाई वर्षौदेखि आश्वासन बाडिएको एकल विन्दु सेवा केन्द्र (एकद्वार निकाय) बल्ल गठन भएको छ।

–ठेकेदार भागेर हाल अलपत्र परेको मेलम्ची खानीपानी आयोजना आउदो वर्ष नै सम्पन्न।

–आगामी वर्ष पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्य शुरु गर्ने ।

उद्योगीलाई सबै सेवा एकै ठाउँबाट दिने गरी गत १६ गते केन्द्र गठन भएको छ।

–उनले पर्यटक आगमनमा ३३ प्रतिशतले वृद्धि भएको बताइन् ।

–२०१९ भित्रै भैरहवा स्थित निर्माणाधीन गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने छ ।

–आगामी आर्थिक वर्षमा सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना थालिने छ ।

–आगामी आर्थिक वर्ष देखि नवलपरासीको फलाम खानीबाट व्यवसायिक उत्पादन सुरु गरिने छ ।

–सिमेन्टलाई प्रमुख निर्यात योग्य बस्तुको रुपमा उत्पादन बढाइने छ । रात्रिकालिन काठमाडौं सम्पदा यात्रा थालनी गरिने छ।

–राजमार्गका विभिन्न स्थानमा आपतकालीन हवाइ अवतरणका लागि आपतकालीन धावनमार्गको रुपमा विकास गरिने छ ।

–बारीका पाटा र खेतका गरा हुन्छन् हराभरा ।

–नारायणी लिफ्ट सिचाइ परियोजनालाई पुनः सञ्चालनमा ल्याइने छ।

–आगामी आर्थिक वर्षलाई वृक्षारोपण गरी वृक्षारोपण गरिने छ । सहकारीको –नेतृत्वमा कृषि उत्पादन प्रशोधन र बजारीकरण गरिने छ।

– सामाजिक सुरक्षा भत्ता बढाइने छ ।

–आगामी चार वर्ष्भित्र सबै नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने छ ।

–सबै स्थानीय तह र सामुदायिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट र्पुयाइनेछ ।

–काठमाडौंलाई स्वचालित मेसिन प्रयोग गरे धुलोमुक्त बनाइने

–सामाजिक सुरक्षा भत्ता बढ्ने

–एक वर्षभित्र ५० हजार युवालाई स्वरोजगार बनाइने

 

नीति तथा कार्यक्रमकाे पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहाेस्

 

Loading...