प्रेमिकाको गतिविधि निगरानी गर्न सुरुङ खनेर चियोचर्चो गर्ने प्रेमी सुरुङमै अड्किएपछि

काठमाडाैं । एक ५० वर्षीय व्यक्तिले आफ्नी पूर्व प्रेमीकाको गतिविधि जासुस गर्नका लागि सुरुङ खने। उनी सुरुङमा समेत छिरे। तर सुरुङमा उनले सास फेर्न नसक्दा झन्डै ज्यान गयो।

ती व्यक्ति सिजर आर्नोल्डो गोमेर भएको बताइएको छ। गोमेर र ५८ वर्षीया महिला ग्रिसेल्डा सान्टिलिन १४ वर्षको प्रेम सम्बन्धपछि एक्लिएका थिए।

उनीहरुको राष्ट्रियताको बारेमा भने केही खुलाइएको छैन। गोमेरको अति नियन्त्रित व्यवहारका कारण सान्टिलिनले उनीसँग प्रेम सम्बन्धमा नरहने बताएकी थिइन्।

तर गोमेरले उनको जासुस गर्ने योजना बनाए। सान्टिलिनको घरमा सुरुङ बनाए। २४ घन्टासम्म सुरुङमा छिरेका गोमेरले सास फेर्न नपाउँदा झन्डै ज्यान गएको प्रहरीको भनाइ छ।

सान्टिलिनका अनुसार आफ्नो घरमा अनौठो आवाज भएको थियो। उनले छिमेकीलाई बोलाए। प्रहरीलाई खबर गरिन्। प्रहरीले अनुसन्धान गर्दा सुरुङमा अड्किएको अवस्थामा गोमेर भेटिए।

उनको शरीरमा पानीको समस्या र स्वासप्रस्वासमा देखिएको थियो। अधिकारीहरुका अनुसार उनलाई नदेखिएको भए, उनको ज्यानसमेत जान सक्थ्यो।

Loading...