कैलालीको लम्की तनावग्रस्त

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्की बजार मंगलबार तनाव ग्रस्त बनेको छ । ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनका कारण तनावको स्थिति बनेको हो ।

लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावललाई ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिएर मृत्यु भएपछि विद्यार्थी र स्थानीय आक्रोशित बनेका हुन् । उनीहरुको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यासको समेत प्रहार गरेको छ ।

मृतकका परिवारलाई क्षतिपूर्ति र चालकलाई कारवाही माग गर्दै प्रदर्शन जारी छ । प्रदर्शनका कारण भएको चक्का जाम खुलाउन प्रहरीले बल प्रयोग गर्दा केहि प्रदर्शनकारीका साथै आधा दर्जन प्रहरी समेत घाइते भएका छन ।

Loading...