हावाहुरी पीडितलाई श्रृङ्खलाले दिइन डिग्रिटी किट

वीरगन्ज । मिस नेपाल शृङखला खतिवडाले गत चैत १७ गते आएको हावाहुरीबाट पीडितहरुका लागि सहयोग गरेकी छन् ।

उनले वीरगन्ज महानगरपालिका वडा नम्बर १८ चौराहामा आँधी प्रभावितलाई ‘डिग्रिटी किट’ प्रदान गरेकी हुन् ।

महिलाका लागि महिला समूहद्वारा गत चैत १७ गते आइतबार आएको आँधी प्रभावित महिला तथा किशोरीलाई लक्षित गरी सञ्चालित ‘एक परिवार एक झोला’ अभियान अन्र्तगत खतिवडाले राहत वितरण गरेकी हुन् ।

अभियान अन्र्तगत आइतबार वीरगन्ज महानगरपालिकाको चौराहा, जगरनाथपुर, मनियारीस्थित मुसहर र चमार समुदाय बस्ने दलित बस्ती, बहुदरमाइको पटनीमा ३६० जनालाई किट वितरण गरिएको छ ।

अभियानमार्फत आँधी प्रभावित पर्साको सुखचैना, बाराको भलुही भरबलीया, पुरैनिया, खुट्वा प्रसौनी, हर्दियालगायतका स्थानमा गरी १७ सय किट वितरण गरिसकिएको ‘वुमन फर वुमन’ले जनाएको छ ।हावाहुरी प्रभावित परिवारमा कम्तीमा तीनजना महिला हुने अनुमानसहित ‘‘डिग्रिटी किट’ तयार गरिएको छ ।

किटमा विशेषगरी महिलाको शारीरिक स्वास्थ्यसँग सम्बन्धित सामग्री राखिएको छ । किटमा स्याम्पु ४८ पाउच, नुहाउने साबुन ३ पिस, लुगाधुने साबुन ३ पिस, सेनेटरी प्याड ३ थान, अण्डर गार्मेन्ट ६ पिस, टावेल २ वटा, झुल २ वटा, तेल १ बोतल, टुथ ब्रस ५ वटा, टुथ पेष्ट २ वटा, कपाल बाध्ने रबर १ प्याकेट, कपडाको झोला १ थान, नेल कटर र काईयो एकरएक वटा राखिएको छ । एउटा किट बराबर २१ सय रुपैया पर्छ ।

अभियानका लागि आर्थिक सहयोगसमेत गरेकी उनले राहत लिन जम्मा भएका महिलालाई सेनेटरी प्याड प्रयोग गर्ने तरिकाको बारेमा समेत जानकारी गराएकी थिइन ।

उनले देशभर ग्रामीण क्षेत्रका महिलालाई हाईजिन, सेनेटरी प्याड प्रयोग गर्ने तरिका, हात धुने जस्ता स्वास्थ्यसम्बन्धी जानकारी सिकाउन आवश्यक रहेको बताइन ।

आमा प्रदेश नम्बर तीनकी सांसद एवं नेकपा मकवानपुरको अध्यक्ष मुनु सिग्देलसँगै आएकी खतिवडा हावाहुरीले बढी क्षति र्पुयाएको भलुही भरवलिया पनि पुगेर प्रभावितको अवस्था बुझेर फर्किएकी छन् ।

हावाहुरी प्रभावित क्षेत्रका महिलाहरुको स्वास्थ्य जोखिममा रहेकये पाइएपछि महिलाहरुका लागि अभियान संचालन गरिएको अभियानकी सदस्य लक्ष्मी खरेलले जानकारी दिइन ।

Loading...