सडकमा गुडिरहेको कारमाथि क्रेन खस्दा च्यापिएर ४ को मृत्यु

काठमाडाैं । अमेरिकाको सियाटलमा क्रेनको केही भाग खसेर सडकमा गाडी च्यापिँदा चारजनाको ज्या गएको छ। निर्माण क्षेत्रमा प्रयोग भएको क्रेनको केही भाग अचानक सडकमा खस्दा गुडिरहेका गाडी च्यापिएका हुन् । घटनामा तीनजना घाइते भएका छन् ।

सियाटलको साउथ लेक युनियन डिस्ट्रिकको बाटोमा क्रेन खसेको हो । ज्यान गुमाउनेमा दुईजना क्रकेनका चालक हुन् भने अरु दुईजना कारका चालक हुन् ।

एक महिला र उनको काखे बच्चा तथा अर्का एक अन्दाजी २० वर्षका युवा घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । घटना नेपाली समय अनुसार आइतबार बिहान सवा पाँच बजे दुर्घटना भएको हो ।

Loading...