बिदेशको राम्रो कमाइ छोडेर कृष्ण पाडाफार्ममा आकर्षित , युवाले उनीबाट सिक्नुपर्नेमा मेयर खड्काको जोड

प्रेमनाथ पौडेल

सर्लाही, १४ बैशाख । वैदेशिक रोजगारीको लागि लाखौं युवाहरू म्यानपावरको चक्कर लगाइरहेको अवस्थामा सर्लाहीका एक युवा भने आफ्नै गाउँमा स्वउद्यम तर्फ आकर्षित भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर दुई जुटपानीका एक युवा बैदेशिक रोजगारीलाई बाई बाई गर्दै आफ्नै गाउँमा पाडा फार्म तिर आकर्षित भएका हुन् ।

झन्डै एक दशक बैदेशिक रोजगारीमा होमिएर ड्राईभिङ्ग काम गरेर फरकिएका लालबन्दी-२ जुटपानीका नेत्र प्रसाद दाहाल (कृष्ण )अहिले पाडाफार्म खोलेर ६ जनालाई रोजगारी दिने मालिक बनेेेपछि दङ्ग देेखिन्छन् ।

झन्डै २५ लाखको लागतमा उनले जुटपानी गैरी गाउँमा गैरीगाउँ पाडा फार्मको आजबाट बिधिबत रुपमा उद्घाटन गरे । लालबन्दी नगरपालिकाका मेयर मान बहादुर खड्काको हातबाट शनिबार उदघाटन गरिएको पाडा फार्म बिधिवतरुपले संचालनमा आएको उनले बताए ।

बिदेशमा बस्दा कमाएको झण्डै २० लाख रुपैयाँबाट किनेको ६ कठा १० धुर जमिन र भाडामा १०बर्ष को लागि लिजमा लिएको १ बिगाह गरि १ बिगाह ६ क जमिन मा दाहलले पाडा फार्म खोलेका हुन ।

अहिले उनले फार्म मा २६ वटा पाडा हालेका छन र  पछि थप दुधालु १० वटा गाई र १० वटा भैंसी समेत थप्न्ने लक्ष्य रहेको उनी बताउछन् ।

बिदेशको राम्रो रोजगारी र कमाइलाई छाडेर फार्म तिर लाग्न्नुको कारण बारे उनी भन्छन्, ” हामी हाम्रो तागत र  क्षमता हुन्जेल अर्काको देशमा गुलामि गर्छौ शरीर बूढो बनाएर बल सकिएपछि घर आउछौ भने त्य्यो राम्रो होइन, 
हामीले त्यहा गरिने मेहनत र समय नेपालमै  दिन सक्यौ भने बिदेशको कमाई स्वदेशमै गर्न सकिने भएर यता आकर्षण भएको हो ।” 

घर परिवाआफ्ना गाउँका केही साथीभाइलाई रोजगारी दिन सकिने र आफ्नो ठाउँको पहिचान बनाउन सकिने देखेर आफू यस तर्फ अग्रसर भै लागेको उनको भनाई रहेको छ । 

उनको कार्य देखेर नगरपालिकाका मेयर खड्काले पनि उनको प्रशंसा गरेका छन । बिदेश गएर धेरै दाजुभाईले दुखसास्ती भोगेर आई रहेको अबस्थामा उनको यो थालनी नगर बिकाश र समाज सुधारका साथै काम गर्नेको लागि उदाहरण बन्न्ने  मेेेयर खड्कालेे बताए । आय आर्जन र जिबिकोपार्जनमा समेत राम्रो टेवा पुग्ने हुदा दाहलको प्रयास र थालनीको खुलेर प्रशंसा गर्द्दै  त्यस कार्यमा केही आबश्यक सहयोग चाहिएमा आफ्नो र नगरपालिकाको तर्फबाट समेत सहयोग प्रदान गर्ने मेयर खडकालेे प्रतिबद्द्ता प्रकट गरे ।

अहिले पछिल्लो समय बिदेश जाने युवाहरुले दाहालबाट नेेपालमा नै केही गर्न शिक्षा लिन सक्नु पर्नेमा उनको जोड थियो ।

उदघाटन कार्यक्रममा वडा नम्बर दुई का वडा अध्यक्ष किरण पासवान, नेपाली कांग्रेस का नेता उद्दब पौडेल ,धुर्व बुढाथोकी ,नवजीवन मावि जुटपानीका प्रधानाध्यापक भल बहादुर अधिकारी ,जिबेश्वर युवा क्लबका उपाध्यक्ष नवराज सिंह लगायत को उपस्थिती रहेको थियो ।

Loading...