खुल्लामञ्चमा चल्यो डोजर, व्यापारीको भागाभाग

काठमाडौं । नक्कली कागजात तयार पारेर बेचिएकाे खुल्लामञ्चमा बनाइएका संरचना हटाउन डाेजर लगाइएकाे छ ।

काठमाडौं महानगरपालिकाले खुल्ला मञ्चका भौतिक संरचना हटाउन डाेजर लगाएकाे हाे । शनिवारदेखि डोजरको प्रयोग गरेर अवैध संरचना हटाउनेकाे काम सुरु भएकाे महानगरपालिकाका एक कर्मचारीले ननस्टपखबरलाइ जानकारी दिए । खुलामञ्चभित्र बनाइएका सटर लगायतका संरचनाहरु डोजरले भत्काउन थालेपछि त्यहाँ रहेका पसलेहरुमा भागाभाग र रुवाबासी मच्चिएको छ ।

यसअघि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संरचना हटाउन महानगरका कर्मचारीलाइ निर्देशन दिएका थिए । महानगरपालिकाका केही कर्मचारीले स्वच्छन्द विल्डर्ससँग मिलेर खुल्लामञ्च ठेक्कामा दिएका थिए । त्यसकाे खुलासा भएपछि त्यहाँ व्यापारिक संरचना समेत बनेपछि जनस्तरबाट व्यापक विरोध भएकाे थियाे ।

Loading...