टेलिकमले ल्यायो विद्यार्थीहरूका लागि निशुल्क सिमसहित विशेष प्याकेज

काठमाडौं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरूका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ ।

टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि उपलब्ध गराएको यो आकर्षक ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय भइरहेको छ । पहिलेदेखि नै उपलब्ध सो अफरलाई विद्यार्थीहरूको सुविधा र मागलाई विचार गरी हाल पनि निरन्तरता दिइएको जनाएको छ ।

उक्त ‘विद्यार्थी अफर’ अन्तर्गत विद्यार्थीहरूलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको छ । सो रकममध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराइएको छ ।

यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्ने व्यवस्था गरिएको भन्दै कम्पनीले यसका साथै ‘विद्यार्थी अफर’ अन्तर्गतको सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसका रूपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधासमेत उपलब्ध गराउने व्यवस्था छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुने पनि जनाएको छ ।

Loading...