भक्तपुर नगरका उत्कृष्ट खेलाडी सम्मानित

भक्तपुरका उत्कृष्ट खेलाडीहरुलाई आज एक समारोहबीच सम्मान गरियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई सम्मान गरे ।

शुक्रवार सहिद स्मृति खेलमैदानमा आयोजित बिशेष कार्यक्रमका बीच उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि बिजुक्छेँले मेडल तथा प्रमाणपत्रद्रारा सम्मानित गरेका हुन् ।

उक्त अवसरमा सम्मानित हुने वर्षको उत्कृष्ट खेलाडीहरु यस प्रकार रहेका छन :

टेबल टेनिसमा रेखाङ तामाङ र दिया देउला, ब्याडमिन्टनमा प्रज्वल खत्री र रमा मातां, बास्केटबलमा मनोजराज राजोपाध्याय र आयुषा नायभारी, कसिमला पायमा मनिष तोलांगे र कृषा नागा, कबड्डीमा अजय मानन्धर र इसुदा गिरी, करांतेमा सुन्दर तामाङ र सरिता तामाङ, किक बक्सिङमा प्रकाशकुमार विष्ट र पद्मा सम्भवी तामाङ, खो खोमा रोहन सुवाल र तृष्णा सिलाकार, पोर्टबलमा सन्जीव तामाङ र प्रशन्ना सुजखु, बक्सिङमा सुजन पौडेल र अस्मिता दुवाल, जिम्नास्टिकमा प्राञ्जल थापा मगर र तारा सिवाकोटी, एथलेटिक्समा क्रिजल धुख्वा र स्वागता खाईजू वर्षका उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका थिए ।

त्यस्तैगरी भलिबलमा दुर्गा बहादुर सुनार र मन्जु लागेजु, बुद्धिचालमा निकेन कुसाथा र अंशुदिल प्रजापति, उसुमा कान्ति लामा रलुमन्ती श्रेष्ठ, शारीरिक सुगठनमा प्रवेश श्रेष्ठ, लन टेनिसमा कृष्णगोविन्द कासुला, फुटबलमा किशोर सुवाल र करुणा परियार, पावर लिफ्टिङमा राजेश सुवाल र पार्वती खड्का, तेक्वाण्डोमा किरण सितिखु र रिता मुस्याख्व उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका थिए ।

उत्कृष्ट निर्णायकमा आशाराम गोठे (एथलेटिक्स), सुमेध प्रधान (टेबलटेनिस), बिकास ख्याजु (टेबलटेनिस), सुशान्त नायजु (टेबलटेनिस), गणेशप्रसाद सुवाल (शारिरीक सुगठन), विष्णुबहादुर मानन्धर (शारिरीक सुगठन), श्याम लाखा (शारिरीक सुगठन), बाबुकाजी मानन्धर (शारिरीक सुगठन), अशोक घजु (शारिरीक सुगठन), जोन्सन जोन्छे (शारिरीक सुगठन), रामबहादुर क्षेत्री (तेक्वाण्डो), सुजन तामाङ (तेक्वाण्डो), सरोज लवजु (तेक्वाण्डो), राजेश कुसी (तेक्वाण्डो), बिना नावाछें श्रेष्ठ (फुटबल), राजकुमार लघु (बुद्धिचाल), ईन्द्र भक्त पंच (बुद्धिचाल), पूर्ण सुन्दर श्रेष्ठ (बुद्धिचाल), शिव सुन्दर श्रेष्ठ (बुद्धिचाल), सुमन जोशी (बुद्धिचाल), अनिष सुवाल (कबड्डी) पुरस्कृत भएका थिए ।

प्रशिक्षक कोर्ष उत्तीर्ण प्रशिक्षकहरु सुन्दर प्रजापति(पेन्टाथलन), रुपेश कुमार विष्ट (भलिबल), लक्ष्मी बन (भारतोलन), पद्मा खयरगोली (क्येकुसिन), अन्र्तराष्ट्रिय पदक प्राप्त (भारतको नयां दिल्लीमा भएको अन्र्तराष्ट्रिय तेक्वाण्डो प्रतियोगितामा पदक प्राप्त), सोफिया त्यात (तेक्वाण्डो), प्राची किवानायो (तेक्वाण्डो), सुन्दर सुवाल (तेक्वाण्डो), अर्वित सितिखु (तेक्वाण्डो), कैलाशभक्त तज (तेक्वाण्डो) पनि शुक्रवार सम्मानित भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय मार्चपास प्रतियोगिताका बिजयीहरुलाई पनि पुरस्कार वितरण गरेका थिए । समारोहमा नेमकिपाका अध्यक्ष बिजुक्छेँले खेलाडीहरुलाई अनुशासित रुपमा खेल खेल्न आह्वान गर्दै युग सुहाउँदो प्रतिस्पर्धी खेलाडीहरुले देशको प्रतिष्ठा बढाउने बताए ।
\
उनले खेलाडीहरुले व्यक्तिगत स्वार्थमा फस्न नहुने बताउदै विद्यालय जीवनदेखि खेल क्षेत्रमा संलग्नताले विद्यार्थीको आत्मविश्वास बढाउन मद्दत पुग्ने र विद्यार्थीको अतिरिक्त क्रियाकलापमा स्तर मापनमा सहयोग पुग्नेमा जोड दिए । खेलकुद प्रतियोगिता र सम्मान कार्यक्रमले विद्यार्थी भाई बहिनीहरुलाई खेकलुदप्रति आकर्षित गरी कुलतबाट जोगाउन मद्दत पुग्ने उनको तर्क थियो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीको शारीरिक र मानसिक विकास गराउन मार्चपास प्रदर्शन आयोजना गरेको बताउदै समाजलाई सभ्य र सुसंस्कृत बनाउन खेलकुदको आवश्यकता औंल्याए । उनले भक्तपुर नगरपालिकाले समुदायमा आधारित गतिविधिमा जोड दिएको दावी गर्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्न खेलकुदलाई प्राथमिकतामा राखी प्रतियोगिता र सम्मानलाई प्राथमिकता दिएको प्रस्ट पारे ।

प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसार्इंले भक्तपुर नगरपालिकाद्वारा आयोजित खेलाडी केन्द्रित गतिविधिले खेलाडीहरुको जोश, जाँगर र स्फूर्ति कायम रहने विश्वास व्यक्त गर्दै खेल क्षेत्रलाई अझ व्यवस्थित ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए भने युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले फुटबल, भलिबल, बक्सिङ, कराँते र टेबुलटेनिस खेलको प्रशिक्षण दिंदै आएको बताउनुहुँदै खेलकुद गतिविधिहरुलाई वडा तहबाटै व्यापक बनाइएको बताएका थिए ।

उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, वडा नं. ७ का वडाध्यक्ष त्यसैगरी वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख लगायतले पनि खेलप्रतिको आफ्नो धारणा प्रष्ट पारेका थिए ।

भक्तपुर नपाद्वारा आयोजित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय मार्चपास प्रतियोगितामा भक्तपुर नगरभित्रका १४ वटा विद्यालयले सहभागिता जनाएको थियो भने विभिन्न अरु विद्यालय ¥यालीमा सहभागी थिए । मार्चपास प्रतियोगितामा मेधा मावि प्रथम, जेसिस ई. स्कूल द्वितीय, माउण्ड भ्याली तृतीय, एभरेष्ट ई. स्कूल र डेमोस ई. स्कूलले सान्त्वना स्थान हासिल गरेको थियो ।

भक्तपुरको दत्तात्रय, टौमढी र नःपुखुमा मूल्यांकन टोलीहरु बसेका थिए । भक्तपुर नपा वडा नं. ९ दत्तायबाट सुरु भएको ¥याली इनाचो, गोल्मढी, टौमढी, नासमना, वंशगोपाल हुँदै सहिद स्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो । र पुरस्कार र सम्मान कार्यक्रम सम्पन्न गारिेको थियो ।

Loading...