कालो सुर्यका सर्जक साहित्यकार पुष्पलताको ‘आफ्नै संसार ’उपन्यास सार्वजनिक

 

  साहित्यकार एवं भ्रष्ट्राचार विरोधी कालो सुर्य अभियानका अभियन्ता भरत जङ््गमले सर्जक पुष्पलता आचार्य निरन्तर कलम चलाउने साहित्यकार हुन््, भन्दै आफ्नै संसार उपन्यासमा यथार्थ र काल्पनीक विषय ५०÷५० प्रतिसत रहेको बताउनुभयो । सिमल पुक पव्लिकेशनद्धारा प्रकासित सर्जक पुष्पलता आचार्यको बैसठ््ठीऔं कृति ‘आफ्नै संसार’ उपन्यास लोकार्पण समारोहमा अभियन्ता जंगमले सो कुरा बताउनुभएको हो । सोमवार राजधानीमा आयोजित कार्यक्रममा उपस्थित पाठक–स्रोताले उक्त कृति सम्वन्धी गरिएको प्रश्नबाट नौलो शैलीमा उहाँको कृतिको लोकार्पण गरिएको थियो ।
वि.स. २०५१ मा सागर सन्ध्या आधुनिक गीतसङ््ग्रह स्रोतामाझ ल्याएदेखि हालसम्म उहाँका कथा सङ््ग्रह, गीतिकथा, संस्मरण, भजन, बालचित्र कथा, कविता सङ््ग्रह,उपन्यास, आधुनिक गीतसङ््ग्रहलगायत आफ्नै संसार उपन्यासहित बैसठ््ठी औं कृति बजारमा आएका छन्् ।
कार्यक्रममा साहित्यकार शैलेन्द्र साकारले स्रष्ट्रा आचार्यले आफ्नो उमेरभन्दा पनि बढि कृति दिएर समाजका लागि योगदान दिनुभएको बताउनुभयो । कार्यक्रममा बरिष्ठ पत्रकार निमकान्त पाण्डे,पत्रकार तथा घोष्ट राईटिन्गका प्रमुख कमल ढकाल लगायतले आफ्नै संसार उपन्यासलाई कथानक बनाउन पात्रमार्फत ज्यादै रोचक विषय पस्कन सफल भएको बताउनुभयो ।
चितवनको मुग्लिनमा स्कार्पियो गाडी ठोक्किएपछि सुरू भएको उपन्यास आखिरमा आध्यात्मतिर गएर टुङ््िगन्छ । त्यसबीच पाठकको ध्यानलाई खिचिरहन सक्ने गरी अहिलेको पुस्ताले मन पराउने रोमाञ्चकारी विषय समावेश गरिएको सर्जक आचार्यले बताउनुभयो । उहाँ भ्रमण गर्न औधि रूचाउनुहुन्छ । हालसम्म विश्वका १२ देशलगायत नेपालका धेरै स्थान पुग्दा आफुले लेख्ने विषय पनि भ्रमणकै अवसरमा पाउने अनुभव सुनाउनुभयो ।
एकल महिलाका लागि रातो अभियान चलाउनुहुने स्रष्ट्रा आचार्य पुस्तकालय, प्रतिक्षालय निर्माणका लागि सहयोग, गाउँसमाजका महिलाको जीवनस्तर उकास्न महिला समुहका लागि सहयोगका साथै समाजसेवामा पनि निरन्तर लागिरहने व्यक्तित्व हुनुहुन्छ । साहित्यका साथै गीतसङ्गीत, भजनलगायतका क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ भने थुपै्र सामाजिक सङ््घ संस्थामा रहेर काम गरिरहनुभएको छ । उहाँको क्षितिजपारी,वरको छायाँले, ताननसेन घमाईलोलगायत ३१ वटा गीति एल्वम, गंगा नेपाली, बज्रपात चलचित्र निर्माण पनि गर्नुभएको छ ।

Loading...