सोलु जान नसकेर डाइभर्ट भएको तारा एयरको जहाज ठूलो दुर्घटनाबाट जोगियो, घाँसेमैदानमा धस्सियो

काठमाडौँ । तारा एयरको जहाज ठूलाे दुर्घटनाबाट जाेगिएकाे छ । साेमवार माैसम निकै खराब भएपछि डाइभर्ट गरेर रामेछापकाे मन्थली पुगेकाे जहाज अवतरणका क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेकाे हाे ।

तारा एयरकाे ड्रोनियर जहाज काठमाडाैंबाट साेलुखुम्बुकाे फाप्लुका लागि उडेकाे थियाे । तर मौसम खराब भएपछि मन्थली डाइभर्ट गरिएको हाे । बिहान करिब ९ः३८ मा डाइभर्ट भइ
मन्थलीमा अवतरण अवतरण गर्न गएकाे जहाज अवतरणका क्रममा चिल्लिएर घाँसे मैदानमा पुगेको थियाे। नाइन एन एकेके कलसाइन रहेको जहाजमा १४ विदेशी र तीन चालक दलका सदस्य थिए। चालक दलका सदस्यसहित सबै यात्रु सुरक्षित रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

घटना लगत्तै हवाई सेवा सुरक्षा विभागको टोली घटनास्थलमा अध्ययनका लागि हिँडिसकेको प्राधिकरणले जानकारी दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जीर्णोद्धार सुरु भएपछि गत चैत १८ गतेदेखि लुक्लाका उडान रामेछापबाट हुँदै आएको छ।

वैशाख १ गते लुक्ला विमानस्थलबाट रामेछापका लागि उडान भर्न लागेको समिट एयरको विमान विमानस्थलमै दुर्घटनामा परेको थियो। दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो।

Loading...