वर्ल्ड ट्रेड सेन्टरमा नेपाल-चीन शैक्षिक मेला सुरु

काठमाडाैं । दुई मुलुकबीचको शैक्षिक तथा भाषिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यले नेपाल-चीन शैक्षिक मेला आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा सुरु भएको छ ।

मेला उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले दुई मुलुकबीच जनस्तरमा देखिएको भाषिक समस्या समाधान गर्न यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । मेलाले नेपाल–चीनबीचको सम्बन्धलाई झनै प्रगाढ बनाउन पनि सहयोग पुग्ने उनले बताए । चिनियाँ भाषा शिक्षक संघ, नेपालको संयोजनमा आयोजना गरिएको तीन दिन चल्ने मेलामा नेपाल र चीन दुवै मुलुकका भाषाका विज्ञहरुको उल्लेख्य सहभागिता रहेको छ ।

मेलामा चिनियाँ भाषाको ज्ञान दिने शैक्षिक सामग्रीहरु राखिएको ८ वटा स्टल राखिएको चिनियाँ भाषाकी शिक्षक तारा खड्काले जानकारी दिइन् ।

Loading...