त्रिभुवन विमास्थलबाट आइतबार मात्र छिर्यो एक करोडको सुन

काठमाडौं, ८ बैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आइतबार एक करोडको सुन बरामद गरिएको छ । प्रहरीले विमानस्थलको पार्किङ एरियाबाट तस्करी गरिएको सुनको बालासहित दुई बिदेशी नागरिकलाई पनि पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएका प्रहरीले पार्किङ क्षेत्र भियनतामी भो थी मोइ र कमबोडिन थेब्बी यू पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ८५ लाख २७ हजार सात सय ६१ रुपैयाँ मूल्य बराबरको सुनको १० वटा वाला र एउटा लकेट बरामद गरेको छ ।

उनीहरु आइतबार थाई एयरवेजको फ्लाइट नम्बर टीजी ५८५ को उडानबाट विमानस्थल उत्रिएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...