नेप्से र कारोबार रकम दुबैमा छलाङ

काठमाडौं, ३ बैशाख । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार आइतबार १ अर्ब नाघेको छ । लगातार बढेको नेप्सेसँगै कारोबार रकम पनि निरन्तर बढिरहेको छ ।

आइतबार नेप्सेको कूल कारोबार १ अर्ब ३ करोड ६९ लाखभन्दा बढी पुगेको छ । आइतबार कूल १ सय ७१ कम्पनीको ३३ लाख ७५ हजार १ सय ५३ कित्ता शेयर  एक अर्ब तीन करोड ६९ लाख ३२ हजार ७ सय ३२ रुपैयाँमा खरिद–बिक्री भए । बजार पूँजीकरणमा समेत वृद्धि भई १५ खर्ब रुपैयाँ भन्दा माथि पुगेको छ । आइतबार नेप्से २.५९ प्रतिशतले बढेको छ । नेप्से आइतबार ३१ दशमलव ८९ अंकको छलाङ मार्दै १२६४ दशमलव २ मा पुगेको छ ।

आइतबार नेप्सेका सबै परिसूचकहरु बढेका छन् । सेन्सेटिभ इन्डेक्स २ दशमलव ९५ अंकले बृद्धि भएको छ । जसलाई फ्लोटिङ इन्डेक्स र सेन्सेटिभ फ्लोटिङ इन्डेक्सले पछ्याएका छन् । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

आइतबार तीनवटा कम्पनीको सेयर मुल्यमा सर्किट ब्रेक लागेको छ । जसमा स्ट्याडार्ड चार्टड बैंक, एसबीआई बैंक र स्वदेशी लघुबित्त रहेका छन् ।

सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । उक्त बैंकको कारोबार रकम नै १४ करोडभन्दा बढी पुगेको छ । त्यसलाई एनआईसी एसिया र एनसीसी बैंकले पछ्याएका छन् ।

मंगलबार कारोबार भएका १० वटा समूह मध्ये ८ वटा समूहका परिसूचक बढेका छन् भने बाँकी २ वटा समूहको परिसूचक ऋणात्मक भएको छ । त्यसमध्ये बैंकिङ समूहका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने उत्पादनमूलक समूहका लगानीकर्ताले बढी गुमाएका छन् ।

बैंकिङ ४५.९४, होटल ३४.८, विकास बैंक १६.९७, जलविद्युत् ८.८७, वित्त २.१३, अन्य ९.७, लघुवित्त २६.९१ र जीवन बीमा २२.२५ विन्दुले बढेका छन् । 

Loading...