ओली सरकारविरुद्ध कडा प्रतिरोध गर्ने बेला आएको विप्लवको चेतावनी

काठमाडौं । सरकारले आफ्नो पार्टी र नेता कार्यकर्तामाथि व्यापक मात्रामा धरपकड गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले यो क्रम जारी रहे अब कडा प्रतिरोधमा उत्रने चेतावनी दिएका छन् ।

महासचिव विप्लवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । पछिल्लो समय दाङबाट तीन जना केन्द्रीय सदस्यहरु गिरफ्तार गरिएको पनि उनले विज्ञप्तिमा जानकारी दिएका छन् । बैशाख ६ गते शुक्रबार पार्टीका केन्द्रीय सदस्यहरु चुडामणि ओली आदर्श, चन्द्रबहादुर खड्का असल र विश्वलाई गिरफ्तार गरिएको विज्ञप्तिमा विप्लवले उल्लेख गरेका छन् ।

विप्लवले विज्ञप्तिमा भनेका छन, “सामाजिक फासिवादी केपी-प्रचण्डको सरकारले हाम्रो पार्टी र जनवर्गीय संगठनमाथि उसैले भन्दै आएको उत्कृष्ठ संविधानको बर्खिलाप गएर प्रतिबन्ध लगाएदेखि नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनतालाई विभिन्न आरोपमा गिरफ्तार गरेर चरम याताना दिइराखेको छ। सरकारको यस्तो रवैयाको हाम्रो पार्टीले घोर विरोध गर्नुका साथै तुरुन्त रिहाई गर्न माग गर्दछौं।” यदि सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसकाविरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं ।

सरकारले फागुन २८ गतेदेखि सो पार्टीमाथि प्रतिबन्ध लगाएकाे छ । त्यसयता उक्त पार्टीका सयौं नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ । कतिपय नेता कार्यकर्तालाई जेल समेत पठाएको छ ।

यस्ताे छ विज्ञप्ति

 

Loading...