सन्दिपले एकै ओभरमा २ गरी ३ विकेट लिएपछि दिल्ली क्यापिटल्स तेस्रो स्थानमा उक्लियो

नयाँ दिल्ली । नेपालका युवा स्पिनर सन्दिप लामिछानेले तीन विकेट लिएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जावलाई ५ विकेटले पराजित गरेको छ ।

यससँगै दिल्ली क्यापिटल्स आईपीएलको तेस्रो स्थानमा उक्लिएको छ । सन्दिपले एकै ओभरमा दुई विकेट लिएका हुन्। किंग्स इलेभन पन्जाबविरुद्धको खेलमा सन्दीपले आफ्नो तेस्रो ओभरमा दुई विकेट झारेका थिए । उनले तेस्रो ओभरको दोस्रो बलमा क्रिस गेल र अन्तिम बलमा साम कुरानलाई आउट गरे ।

यसअघि आफ्नो पहिलो ओभरमा सन्दीपले केएल राहुललाई आउट गरेका थिए । ४ ओभर खेलेका सन्दीपले ४० रन खर्चिएर पन्जाबका ३ विकेट लिए ।

खेलमा दुई बल बाँकी रहेको बेला प्राप्त यो जितपछि दिल्ली १२ अंकमा तेस्रो स्थानमा उक्लेको छ । दिल्लीले कप्तान श्रेयास इयर र शिखर धवनको अर्धशतकको मदतले १९.४ ओभरमा ५ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । यसअघि पञ्जावले ७ विकेटमा १ सय ६३ रन जोडेको थियो । उसका लागि क्रिस गेलले ६९ रन बनाए ।

पञ्जाव भने १० अंकका साथ चौथो स्थानमा छ ।

Loading...