साइबर क्राइममा पक्राउ परेका पत्रकार गिरी रिहा, पाउलान त क्षतिपूर्ती

काठमाडौं । समाचार लेखेकै कारण साइबर क्राइमको मुद्दा खेपेका पोखराका पत्रकार अर्जुन गिरीलाई रिहा भएका छन् । अधिवक्ता स्वागत नेपाल लगायतको बहसपछि काठमाडौँ जिल्ला अदालतले आदेश आएको हो ।

यसअघि प्रेस काउन्सिलका कर्मचारीको लापरवाहीका कारण पत्रिका दर्ता नभएको पत्र कोही व्यक्ति विशेषलाई दिँदा त्यसलाई नै टेकेर विपिन बतासले पत्रकार गिरीविरुद्ध जाहेरी दिएका थिए । अदालतको आदेशपछि त्यहाँ उपस्थित पत्रकारहरुले न्याय पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

‘केही दिन दु:ख भए पनि अन्तत: सत्यको जित भएको छ । यो ऐतिहासिक नजिर बन्नेछ ।’ अदालतमा उपस्थित मुद्धाका साक्षी पत्रकार सुरज प्याकुरेलले भने। रिहाईको आदेश लगत्तै पत्रकार गिरीले भने ठगी गर्नेहरुका विरुद्ध निरन्तर लेखिरहने बताएका छन् ।

 

गिरीलाई समाचार लेखेको आधार बनाएर नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सिआइबी)ले पोखराबाट पक्राउ गरेर बुद्ध एयरको बिमान मार्फत सोमबार दिउसो ३ बजे काठमाडौँ ल्याइएको थियो ।

गत चैत २८ गते सिआइबिमा मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिएको भएपनि गिरीलाई कास्की प्रहरीले पक्राउ पुर्जीबारे पुर्व जानकारी नै नदिएर एक्कासी पक्राउ गरिएको पत्रकार गिरीले सञ्चारकेन्द्रलाई जानकारी दिए ।

 

गिरीले चैत २२ गते शुक्रबार ताण्डव अनलाइनबाट ‘ठग ! बदमास विपेन्द्रराज बतास’ शीर्षकमा आफ्नो वाइलाइनमा समाचार प्रकाशित गरेका थिए। गिरीले समाचार लेखेपछि बतासको ठगि काण्डबारे पोखरामा ब्यापक हल्ला मच्चिएको थियो ।

गिरीले पोखरा–६ बैदामका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीबाट बतासले ४ करोड २३ लाख रुपैयाँ ठगी गरेको समाचार लेखेपछि उनि गिरफ्तार पनि जिल्ला प्रहरी कार्यालय कास्कीले बतास बिरुद्ध सोमबार नै ठगि मुद्दा दर्ता गरेको छ ।

 

 

Loading...