बुधवार पनि नेप्सेमा हरियाली

काठमाडौं, ३ बैशाख । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) नयाँ वर्षसँगै उच्च गतिमा उकालो लाग्ने क्रम बुधवार पनि जारी रहेको छ । नयाँ वर्षपछि बढेको नेप्से निरन्तर बुधवार पनि ४.९९ अंकले बढेर १२१७.०४ पुगेको छ ।

बुधवार नेप्सेसँगै सबै परिसूचकहरु बढेका छन् । सेन्सेटिभ इन्डेक्स १ दशमलव ३२ अंकले बृद्धि भएको छ । जसलाई फ्लोटिङ इन्डेक्स र सेन्सेटिभ फ्लोटिङ इन्डेक्सले पछ्याएका छन् । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधवार कूल कारोबार ८२ करोड १६ लाख रकमका लागि २८ लाख १ हजार बढी कित्ता सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी एनएमबी बैंकको कारोबार भएको छ । उक्त बैंकको ७ करोड २६ लाख भन्दा बढीको कारोबार भएको छ । त्यसलाई एनआईसी एसिया र नेपाल बैंक लिमिटेडले पछ्याएका छन् ।

मंगलबार कारोबार भएका १० वटा समूह मध्ये ४ वटा समूहका परिसूचक मात्र बढेका छन् भने बाँकी ६ वटा समूहको परिसूचक भने ऋणात्मक भएको छ । त्यसमध्ये बैंकिङ समूहका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने माइक्रो फाइनान्स समूहका लगानीकर्ताले बढी गुमाएका छन् ।

Loading...