म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा

काठमाडौं, ४ वैशाख । म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब बार्सिलाेना सेमिफाइनलमा स्थान बनाएकाे छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले युनाइटेडलाई ३–० ले हराएको हो । पहिलो लेग १–० ले जितेको बार्सिलोना समग्रमा ४–० ले विजयी भएको छ ।

घरेलु मैदान नाउक्यापमा भएको खेलमा बार्सिलोनाले १६ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै मेस्सीले दोस्रो गोल गरे । मेस्सीको गोलपछि खेलमा बार्सिलोना लगातार हावी भयो ।

दोस्रो हाफको ६१ औं मिनेटमा बार्सिलाेनाका लागि काउटिन्होले अर्काे गोल गरे । ९० औं मिनेटमा युनाइटेडका एलेक्स साञ्चेजको हेडर बार्सिलोनाका गोलकिपरले रोकेपछि युनाइटेड स्तब्ध भयाे ।

खेलपछि प्रतिक्रिया दिँदै युनाइटेडका प्रशिक्षकले मेस्सी र रोनाल्डो दशकै उत्कृष्ट खेलाडी भएको र आफ्नो टिमविरुद्ध मेस्सीले त्यो देखाएको बताए ।

Loading...