कर्णाली नदीमा पौडी खेल्दाखेल्दै वेपत्ता २ युवा अझै भेटिएनन

गुलरिया । पौडी खेल्ने क्रममा कर्णाली नदीमा डुबेर बेपत्ता भएका दुई युवा अझै फेला परेका छैनन् । उनीहरुको खोजी कार्य जारी छ ।

कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । ६ जना साथी मिलेर कोठीयाघाट घुम्ने क्रममा पौडी खेल्न गएको बेला नदीमा प्रज्ज्वल र दीपेन्द्र बेपत्ता भएको कोहलपुरका उनीहरुकै साथी राजेन्द्र शाहीले बताए ।

दुईजना नदीमा बेपत्ता भएको र बेपत्ताको खोजीकार्य प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए । उनका अनुसार खोजी कार्य लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका गोताखोर टोली परिचालन गरिएको छ ।

Loading...