पाथीभरा दर्शन गरेर फर्किएको अर्को सवारी फेरि पर्यो दुर्घटनामा

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्किएका तीर्थयात्री सवार गाडी दुर्घटनामा परेको छ । हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ भने ६ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

गम्भीर घाइतेमध्ये ५४ वर्षीय मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ८ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर रिफर गरिएको छ । बाँकी ६ जनाको ताप्लेजुङमै उपचार भइरहेको छ।

घाइते सबै बारा निजगढका हुन् । मे १ ज १४८६ नम्बरको ट्याक्सी मंगलबार राति साढे ९ बजेतिर सुकेटार विमानस्थल छेउमा दुर्घटना भएको थियो।

यसैबीच उता सुदूरपश्चिममा पनि यात्रुवाहक बस दुर्घटनामा अपरेको छ । धनगढीबाट अछामका लागि छुटेको यात्रुवाहक बस डडेल्धुराकाे अमरगढी नगरपालिका–११, धनगाड नजिकै दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका छन् । ना ४ ख ६८३६ नम्बरको बस केआईसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा बुधबार बिहान करिब २ः३० बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले दुर्घटनाको पुष्टि गर्दै घाइते ३० जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाएको छ । गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियालकाे भने त्यहाँ उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।

दुर्घटनाका अधिकांश घाइते अछामका रहेको बताइए पनि उनीहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । बसमा ५० भन्दा बढी सवार रहेको बताइएको छ ।

बस ब्रेक फेल भएर मोडमै पल्टेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यसअघि २ दिनअघि मात्रै धरान र अर्घाखाँचीमा बस र जीप दुर्घटना हुँदा ७ जनाको ज्यान गएको थियो । धनकुटाको बुधबारेबाट धरानतर्फ आउँदै गरेको ना७ख २७१३ नम्बरको यात्रीवहाक बस सोमबार धरानको ‘जिरो पोइन्ट’ भन्ने स्थानमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो । भने ३८ जना घाइते भएका छन् ।

त्यस्तै अर्घाखाँचीको नुवाकोटमा सोमबार एक यात्रीवहाक जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । १५ जना घाइते छन् । भूमिकास्थान नगरपालिका–८, नुवाकोटको लात्तेबाजमा लु१ज १२२९ नम्बरको जिप दुर्घटना भएको थियो ।

Loading...