पत्रकार सम्मेलनमै कुलमान यसरी रिसाएर भने, ‘फेरि लोडसेडिङ गरेर देशलाई अध्यारोमा राख्ने चलखेल सुरु भयो’

काठमाडौं । देशमा लोडसेडिङ हटेको नरुचाउनेहरूले जनतालाई फेरि अध्यारोमा राख्न चलखेल सुरु भएको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रिसाएका छन्।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनी झोंक्किए । उनले भने ‘प्राधिकरणमा भएको विकृति अन्त्य गरेर ९ अर्ब घाटामा गएको संस्थालाई नाफामा लैजाने काम गरेँ, लोडसेडिङ पूर्ण रूपमा हटाउने काम गरेको देखी नसहनेले चलखेल सुरु गर्न खोजेका छन्।’

प्राधिकरण अब गुणस्तर सुधार गर्न लागिपरेको बताउँदै प्राधिकरणको प्रगति देख्न नचाहनेहरू सलबलाएको भन्दै घिसिङ आक्रोशित भए।

घिसिङले भने, ‘मैले प्राधिकरणबाट लिएको जम्मा ६ लाखको भत्तालाई ६० लाख लियो, उद्योगीसँग पैसा लियो भनेर आरोप लगाउनेरू सलबलाएका छन्।‘

आफूलाई बदनाम गराएर फाइदा लिन खोज्ने व्यक्तिले अनर्गल प्रचार गरेको उनको भनाई थियो। प्राधिकरणमा आफूले राम्रो काम गरेको र विगतमा भएको कमजोरी सुधार गरेर अगाडि बढ्दा सरकारले कार्यसम्पादन गरेबापत् दिने प्रोत्साहन भत्तालाई पनि नकारात्मक रूपमा प्रचार गरिएको गुनासो उनले गरे।

‘विगतमा जनतालाई अध्यारोमा राखेका र उद्योगी व्यवसायीबाट लाभ लिनेहरूले अहिले त्यो मौका नपाएपछि मेरा विरुद्ध लागे। प्राधिकरण सुधारको योजना रोक्न खोजे’ घिसिङले भने।

उनले प्राधिकरणका पाँचौ तहका कर्मचारीले गर्ने गलत टिप्पीणले संस्थालाई राम्रो नगर्ने बताए। प्राधिकरणले राम्रो गरेको देख्न नसक्ने र विगतमा गरेको कमजोरी बाहिरिने चिन्ताले पनि लोडसेसिङ गराउने विगतको व्यवस्थापन र प्राधिकरणमा दादागिरी देखाउँदै आएका कर्मचारीप्रति घिसिङ रुष्ट देखिए।

Loading...