महानगरका मेयरमाथि यस्तो षडयन्त्र, को हुन मेयर विद्यासुन्दरलाई सताउनेहरु ?

काठमाडौं । स्थानीय तहको निर्वाचन हुन लाग्दा सबैभन्दा चर्चामा थिए काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य । जितको टिका लाउनेबेलासम्म त उनलाई एकथरीले अब काठमाडौंको कायापलट नै गर्ने घोषणा पनि गर्न भ्याए । उनीबाट धेरैले धेरै खालका आशा गरेका थिए चुनावको बेला । तर, समय बित्दै जाँदा चुनावताका गरिएका अपेक्षा र अहिले आइपुग्दा धेरै फरक भएको छ ।

सर्वसाधारण र टिप्पणीकर्ताहरुले जति विद्यासुन्दरप्रति गुनासा व्यक्त गर्छन, त्यो जस्तै गुनासा मेयर शाक्यका छन् । मेयर शाक्य काम गर्न खोज्दा पनि नदिएको भन्दै अहिले ठाउँ ठाउँमा आफ्ना गुनासा भन्न पनि थालेका छन् । संघीय शासन प्रणाली लागु भएसँगै स्थानीय तहलाई ठूलो अधिकार दिएर स्थानीय सरकारकै नामाकरण गरिएको भए पनि आखिर किन भयो यस्तो समस्या ? के कारणले विद्यासुन्दरले चुनावताका घोषणा गरेका योजना कार्यान्वयन गर्न सकेका छैनन त ? धेरैले प्रश्न सोध्न थालेका छन् ।

यता मेयर शाक्य भने आफूलाई काम नै गर्न नदिएको दुखेसो पोख्न थालेका छन् । उनलाई काम गर्न नदिन र उनले सुरु गरेका हरेक कामलाई अवरोध तेस्र्याउन एउटा समूह नै लागेको उनको भनाई छ । शाक्य एउटा समुहले महानगरको विकास योजनामा विभिन्न शिर्षक दिएर बाधा अवरोध सिर्जना पुर्याएको आरोप लगाउने गरेका छन् ।

मेयर शाक्यले आफ्ना पीडाहरु शनिवार वल्ड नेवा अर्गनाजेसनको एक कार्यक्रममा पोखे । कार्यक्रममा बोल्दै प्रमुख शाक्यले महानगरवासीले आफुलाई भोट दिएर जिताएको र धेरै अपेक्षा गरेको भए पनि आफ्ना काममा आएका अवरोधका कारण अब एक्लै नसक्ने अवस्थामा पुगेको पनि उनले दुखेसो राखे । उनले जिताएर मात्र नभएको भन्दै अब विकासका कार्यमा आफूलाई साथ दिन पनि आग्रह गरे ।

काठमाडौँ महानगरपालिकाले ३२ वटै वडा कार्यालयको भवन बनाउने आफूले बजेट छुट्याएको तर त्यही किरामा पनि अवरोध तेस्र्याएका काराण पूरा हुन नसकेको उनले बताए । उनले त्यो योजना आफूले पद सम्हालेको केही समयमा नै नगरसभाको बैठकबाट सर्वसम्मत निर्णय गरी सोहि मुताविक बजेट पनि छुट्टयाएको जानकारी दिए ।

तर, कसैले संस्कृतिका नाममा कसैले सम्पदाका नाममा आफूलाई निकै दुःख दिएको बताए । अरुले नगरसभाबाट सर्वसम्मत सबै भौतिक पुननिर्माणको निर्णय हुने आशा गरे पनि अवरोधका कारण भनेवमोजिम नभएको उनले बताए । उनले नगरको पुननिर्माण गर्ने निर्णय गरी अघि बढेको तर समयक्रमसँगै राजनैतिक अस्वभाविक रुपमा बदलिएको उनले बताए ।

केहीले आफूले पुननिर्माण गर्न लागेको बागदरवारमा नै मुद्दा हालेर दुःख दिएको उनले बताए । महानगरपालिकाको कार्यालय रहेको बागदरवारलाई पुर्निमाण त्यो बागदरवार हुँदै होइन भनेर मुद्दा हालेको बताए । कहिले सम्पदा भनेर मुद्दा हाल्ने त कहिले बागदरवार नै कब्जा गरुला झै गरेको उनले बताए । बगदरवार हुदै होइन भनेर बेच्ने सुशील समशेरले आफ्नो सम्पत्ति बेचेको अदालतमा बयान दिएको पनि उनले बताए । किन्नेले किनेको हो र प्लाटिंङ गरि बेचिसकेको पनि जानकारी दिएको उनले बताए ।

सुरुमा यो बागदरवार नै होइन भनेर मुद्दा हालेको हल्ला गरिएको बताउँदै पछि बुझ्दै जाँदा बागदरवर भए पनि नभएपनि यो सम्पदा संरक्षणद हुनुपर्ने माग गरिएको जानकारी दिए । उनले गुनासो गर्दै भने, मैले यस्तो मुद्दा कहिल्यै पनि देखेको थिइन ।

मेयर शाक्यलाई यस्तो दुःख दिनेहरु सम्पदाप्रेमी भनेर आफूलाई चिनाउनेहरु रहेको बताइन्छ । तिनैतर्फ संकेत गर्दै मेयर शाक्यले भने, ती मानिसहरु विकासप्रेमी र सम्पदाप्रेमीहरु रे । तर उनीहरुले साँच्चै के गर्छन त्यसको खोजविन हुने पनि मेयर शाक्यले बताए ।

मेयर शाक्यले पुरातत्त्व बिभाग, अदालत र उजुरीवाला सम्पदा विज्ञ भनाउँदाहरुलाई नजिकै दरवार हाई स्कूल ,र त्रिचन्द्र सैनिक अस्पताल बन्दै गरेको हेर्न आग्रह गरे । उनले जताततै यसरी नै दुःख दिनेहरु बढेको पनि बताए । जसका तिनै खराब सम्पदाप्रेमी भनिनेहरुका कारण महानगरका कामहरु धेरै अघि नबढेको र त्यसको समग्र गाली आफू र महानगरमाथि आइरहेको बताए ।

उनले महानगरको भवन बनाउन आधुनिक डिजाइनसहित कागजात पुरातत्व विभागलाई दिएको जानकारी दिँदै तर त्यो काम अघि बढ्न नदिइएको बताए ।

त्यसैगरी मेयर शाक्यले पुरातत्व विभागले कुनै काम नगरेको पनि आरोप लगाए । उनले आक्रोशित हुँदे प्रश्न गरे, पैसा ल्याउनु हामी नै ठेक्कापट्टा गरौला महानगरले गर्नुपर्दैन भन्नुको उदेश्य के हो ? हामीले राम्ररी बुझ्नुपर्छ ।

केही मानिसहरुले अहिले आफूलाई सम्पदा बेचेर खायो भन्ने आरोप समेत लगाएको मेयर शाक्यले बताए । उनले भने, मैले के बेचें भनेर सोध्दा बाबुबाजेको सम्पदा बेचेर खायोसम्म भने ।

उनले त्यस्तो आरोप लगाएको आफूले कहिल्यै पनि नबिर्सने पनि बताए । केही व्यक्तिहरुले आफूलाई रानीपोखरी खायो, काष्ठमण्ड़प पनि खायो भनेर आरोप लगाएको बताए ।

उनले प्रश्न गरे, गद्दी बैठक अमेरिका सरकारले बनाउँदैछ । त्यो कसरी बन्दैछ ? त्यसमा कति के के हेरफेर भएको छ ? भन्ने कुरा खोज्न ती कथित सम्पदा विज्ञ लोगेको खै ?

उनले कान्तिपुरमा कार्यरत एक पत्रकारले आफूहरुको फोटो नै हालेर सम्पदा विरोधी भनेर लेखेको भन्दै त्यसमा उनले गुनासो पोखे । त्यसैगरी कान्तिपुरले आफ्नो नाम उल्लेख गर्दै मेयरले ज्यापुजातिलाई भोज मात्र ख्वाएर हातमा लियो समेत भनेको बताए ।

कतिपय सञ्चारमाध्यमले अहिले मेयर र उपमेयरकाबीच झगडा गराउन लागेको पनि उनले बताए । तिनैले फेरि हिजो आज उपमेयरले मेयरको पैसा खाएर मेयरको लाइनमा गएको भन्ने समाचार पनि लेख्न थालेको बताए । उनले यसरी आफ्नो चरित्र हत्या भएको बताए ।

आफूहरुको फोटो बेचेर मिडियाले व्यापार गरिरहेको पनि मेयर शाक्यले बताए । फाइदाको लागि कहिले मेयर र उपमेयरबीच झगडा गराउने त कहिले सँगै बस्दा फेरि पैसा खाएर मिलेको भन्ने आरोप लगाएको उनले बताए । त्यति मात्र नभइ एउटा समूह अहिले उपमेयर पनि मेयरको पक्षमा लाग्यो भनेर माधव नेपालसम्म पुगेर कुरा लगाएको पनि उनले खुलासा गरे । नेताहरुलाई भ्रम फैलाएर पनि आफूमाथि अप्ठेरो पार्न खोजेको उनको भनाइ थियो । माधव नेपाललाई भेटेर कुरा लगाउनुका साथै माधव नेपालले भन्दै नभनेको कुरा टिपेर समाचार समेत छापेको पनि उनले जानकारी दिए ।

Loading...