के तपाइको बच्चा पब्जीमा भुलिरहेका छन, पब्जीको लतले यस्तोसम्म हुन्छ

एजेन्सी । अनलाइन भिडियो खेल पब्जीले अहिले समाजमा निकै नकारात्मक असर देखाइरहेको छ । यसैबीच भारतको दक्षिणी क्षेत्रमा कल्लाकुरी सम्बाशिब नाम गरेका कक्षा ६ मा पढ्ने एक बालकले पब्जीका कारण आत्महत्या गरेका छन् । ती बालककी आमाले पब्जी नखेल भनेर गाली गरेकै कारण बालकले आत्महत्या गरेको सार्वजनिक भएको छ ।

घटना केही दिन अगाडिको हो ती किशोरले आत्महत्या गरेपछि उनका पिताले पब्जीमा रोक लगाउन माग गरेकाल छन् । भारतीय सञ्चार माध्यमले जनाएअनुसार परीक्षाको बेला पब्जी खेली रहेका किशोरलाई उनी आमाले पढ भनेर कर गरेका थिए ।

आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेको घर अाफ्नै काेठामा फ्यानमा झुण्डेर आत्महत्या गरेको जनाइएको छ । रिसाएर काेठामा गएका किशाेरले उनका बुबा अामाले ढाेका भाँचेर भित्र जाँदा सम्म ज्यान गुमाइसकेका थिए ।

त्यस्तै भारतको कर्नाटकमा एक विद्यार्थीले इकोनोमिक्सको परीक्षामा पब्जी कसरी खेल्ने भन्ने बारे लेखेको घटनासमेत केही दिन अगाडि सार्वजनिक भएको थियो । उनले आफु पब्जी खेल्नमा बिजी रहेको भन्दै उत्तर पुस्तिकामा पब्जी कसरी खेल्ने भनेर लेखेका थिए । उनलाई परीक्षामा फेल गराइएको छ ।

Loading...