भारतीय विज्ञान मन्त्रालयले दियाे यस्ताे चेतावनी, ‘नेपाली सीमाक्षेत्रमा अझै खतरानाक आँधीको सम्भावना’

काठमाडाैँ । भारतको पृथ्वी विज्ञान मन्त्रालयले नेपालको सीमावर्ती क्षेत्र सिद्धार्थनगरलगायतका स्थानमा आँधीहुरी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

भारतको महाराजगंज र त्यस आसपासका क्षेत्रमा ५० किमी प्रतिघन्टाको गतिमा आँधीबेहरी आउने संभावना भएको जनाएको हो ।

सो समयमा भारतका कुशीनगर, बलरामपुरलगायतका क्षेत्रमा आँधीहुरी आउन सक्ने बताइएको छ । मन्त्रालयअन्तर्गत प्रभारी निदेशक मौसम केन्द्रले गत अप्रिल ४ मा जारी गरेको विज्ञप्तिमा अप्रिल ५ देखि ७ सम्म आँधी आउन सक्ने भन्दै सचेत गराएको हो ।

भारतले सचेत गराएका क्षेत्र नेपालको लुम्बिनी आसपासका क्षेत्र हुन् ।

Loading...