विश्वकै सबैभन्दा महङ्गो सम्बन्ध विच्छेद, एकैदिनमै विश्वकै धनी महिला बनिन बेजोस

एजेन्सी । अमेरिकी लेखक म्याकेञ्जी बेजोस एकै दिनमा विश्वकै धनी महिला बनेपछि विश्वभर उनको चर्चा छ । उनी अरु कारणले भन्दा पतिसँग सम्बन्ध विच्छेद गरेपछि पाएको सम्पतिले धनी महिला हुन पुगेकी हुन ।

केही दिन अघिसम्म म्याकेन्ञ्जी बेजोस विश्वका नम्बर वान धनी व्यक्ति जेफ बेजोसकी पत्नी थिइन । जेफ बेजोस विश्वको नम्बर वान धनी हुन । उनी अमेजनका संस्थापक हुन् । जेफ र म्याकेञ्जीले २५ वर्ष लामो वैवाहिक सम्बन्ध गत बिहीबार मात्र कानुनी रुपमा तोडेका हुन् । सम्बन्ध बिच्छेद भएको केही दिनमै म्याकेन्जी विश्वकै तेस्रो धनाढ्य महिला बनिन । अहिले म्याकेञ्जी विश्वका धनाढ्य व्यक्तिहरुको सूचीको २३ औं स्थानमा छिन्।

सम्बन्ध बिच्छेदपश्चात छुट्टिने समयमा जेफ बेजोसले आफू कार्यकारी अधिकृत भएको कम्पनी अमेजनको ४ प्रतिशत सेयर म्याकेन्जीको नाम गरिदिए । त्यो सेयरको मूल्य ३५ दशमलब ६ अर्ब अमेरिकी डलर रहेको बताइन्छ। त्यसरी जेफ बेजोसले दिएको सेयरकै कारण म्याकेन्जी विश्वको धनाढ्य महिलाको सूचीमा पुगेकी हुन् । उनको अहिले संसारभर सम्बन्ध विच्छेदकै कारण चर्चामा रहेकी छन् ।

४८ वर्षिया म्याकेन्जी साहित्यकार हुन्। उनले सन् २००५मा द टेस्टिङ अफ लुथर र सन् २०१३ मा ट्रेप्स नामक पुस्तक लेखेकी थिइन्।

फोर्ब्समा प्रकाशित विश्वका धनाढ्य महिलाको शीर्ष पाँच सूची

१. फ्रान्कोइस बिटनकोर्ट–मेयर्सः ४९ दशमलब ३ अर्ब अमेरिकी डलर

२. अलाईस वाल्टनः ४४ दशमलब ४ अर्ब अमेरिकी डलर

३. म्याकेन्जी बेजोसः ३५ दशमलब ६ अर्ब अमेरिकी डलर

४. ज्याकलिन मार्सः २३ दशमलब ९ अर्ब अमेरिकी डलर

५. यान हुयानः २२ दशमलब १ अर्ब अमेरिकी डलर एजेन्सी

Loading...