काठमाडौं विमानस्थलमा फेरि फेला प¥यो ६ किलो सुन, ४ पक्राउ

काठमाडौं, २१ चैत । काठमाडौं विमानस्थलमा फेरि ठूलो मात्रामा सुन फेला परेको छ ।

देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ किलो सुन बरामद भएको हो । प्रहरीले सुनसहित ४ जनालाई पक्राउ गरेको छ । यसपटक पक्राउ पर्नेहरु सबै भारतीय नागरिक रहेको बुझिएको छ । तर, प्रहरीले उनीहरुको परिचय भने खुलाउन मानेको छैन ।

बैंकक हुँदै थाइ एयरलाइन्सको विमानबाट काठमाडौं आएका उनीहरुलाई विशेष सूचनाका आधारमा खानतलासी गर्दा पक्राउ परेका हुन । बरामद गरिएको सुन जलप लगाएर गहना बनाइ राखेको अवस्थामा भेटिएको बताइएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले उक्त सुन नक्कली हो या सक्कली हो भनेर जाँच्नका लागि पठाएको जानकारी दिए । उनले जाँच्न पठाएको मध्ये ४ सय ९७ दशमलब ६५ ग्राम सुन सक्कली भएको र बाँकी परिक्षण भइरहेको पनि जानकारी दिए । उनले यसका बारेमा थप अध्ययन पनि भइरहेको बताए ।

Loading...