बारमा महासचिव बाहेक सबै पदमा वामपन्थी प्यानल विजयी

काठमाडौं, २१ चैत । नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ र महासचिवमा लिलामणी पौडेल विजयी भएका छन् ।

अध्यक्षमा विजयी भएका श्रेष्ठ सरकारको नेतृत्व गरिरहेको दल नेकपा समर्थित बामपन्थी प्यानलका उम्मेदवार हुन भने पौडेल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलका उम्मेदवार हुन । 

कानून व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको बारको अध्यक्षमा विजयी श्रेष्ठले अर्का उम्मेदवार सनीलकुमार पोखरेलसहितका उम्मेदवारलाई पराजित गरेका हुन् । श्रेष्ठले ४०२२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दि पोखरेल ३८७३ मत प्राप्त गरेका छन् । 

बिहीबार साँझ सकिएको मतगणनाबाट अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । महासचिव पदमा भने वामपन्थी उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरी लीलामणी पौडेल विजयी भएका छन् ।

२०१३ सालमा स्थापना भएको बार एशोसिएसनमा अधिकांश समय कांग्रेस समर्थित वकिलले जित्दै आएका थिए । ६२ वर्षकाे इतिहासमा अहिलेसम्म वामपन्थी प्यानलबाट शम्भु थापा, विश्वकान्त मैनाली र हरिकृष्ण कार्की मात्र बारकाे नेतृत्वमा पुगेका छन् । 

बार निर्वाचनको विजयी हुनेहरुकाे नामावली

अध्यक्ष: चण्डेश्वर श्रेष्ठ

उपाध्यक्षहरू

प्रदेश १: मानबहादुर रुम्दाली

प्रदेश २: रामचन्द्र सिंह

प्रदेश ३: ईश्वरीप्रसाद भट्टराई

गण्डकी प्रदेशः सुरेन्द्र थापा मगर

प्रदेश ५: सुनिलकुमार श्रेष्ठ

कर्णाली प्रदेश: मिनबहादुर महत

सुदूरपश्चिम प्रदेशः उमेशप्रसाद बिष्ट

खुलाक्षेत्रः रक्षा वस्याल

महासचिव: लिलामणि पौडेल

कोषाध्यक्ष: रुद्रप्रसाद पोख्रेल

सदस्यहरू

(दलित): मोहन साशंकर

(मधेशी/मुश्लिम) उपत्यका वाहिर: पंचनारायण मण्डल

(मधेशी/मुश्लिम) खुल्ला: वीरेन्द्रकुमार ठाकुर

(आदिवासी/ जनजाति) उपत्यका बाहिर: विनाकुमारी सिंह (चौंधरी)

(आदिवासी/जनजाति) खुला: बद्रीनारायण नगरकोटी

महिला उपत्यका बाहिर: कल्पनाकुमारी भण्डारी

महिला खुला: अन्जु कायस्थ

खुलातर्फ

डा. शिवराज पण्डित (उपत्यका बाहिर)

गंगासागर खत्री

भीमसेन वन्जारा

भुवनप्रसाद निरौला

प्रकाश महर्जन

बालकृष्ण गैरे

खिमानन्द अधिकारी

Loading...