अधिनायकबादी नभन्न कांग्रेसलाई प्रधानमन्त्री ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अधिनायकबादी नभएको जिकिर गर्दै अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न चेतावनी दिएका छन । बुधबारबाट राजधानीमा सुरू भएको राष्ट्रिय विकास परिषद बैठकको उद्घाटन गर्दै उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई उक्त चेतावनी दिएका हुन् ।

अधिनायकवाद आयो भनेर कांग्रेसले जतिसुकै कराएपनि जनताले विश्वास नगर्ने उनको दावी छ ।”मुलुक अधिनायकवादतर्फ नभई समाजवादतर्फ उन्मुख भएको छ ।” प्रधानमन्त्री ओलीले प्रष्ट पार्ने प्रयत्न गरे । उनले मुलुक समृद्धिको अभियानमा केन्द्रित भएकोले त्यसतर्फ केन्द्रित भएर रचनात्मक सहयोग गर्न नेपाली कांग्रेस लगायत सबै राजनीतिक दलहरुलाई आह्वान समेत गरेका छन ।

बुधबारबाट राजधानीमा सुरू भएको राष्ट्रिय विकास परिषद बैठकमा २५ वर्षीय दीर्घकालिन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदा प्रस्तुत गरिएको छ । सरकारले विकास निर्माणको कामलाई विना विवाद अघि बढाउन चाहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

Loading...