नयाँ वर्षमा सामसुङले ल्यायो ३२ प्रतिशतसम्म छुट अफर

काठमाडौं । सामसङ कन्जुमर इलेक्ट्रोनिक्स, नेपालद्वारा नयाँ वर्ष २०७६ को उपलक्षमा ‘हर्षमय नयाँवर्ष २०७६’ को अफर प्रस्तुत गरेको छ । यस अफर अन्तर्गत सामसङले नयाँ वर्षको अवसरमा सामसङका सामानहरुको खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

सामसङको ‘हर्षमय नयाँवर्ष २०७६’ अफर अन्तर्गत सामसङ टिभी खरिदमा ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । त्यसैगरी, रेफ्रिजेरेटरको खरिदमा १३ प्रतिशतसम्मको छुट र सामसङको वासिङ्ग मेसिनहरुको खरिदमा १८ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ ।

यस अफर अन्तर्गत सामसङ कन्जुमर इलेक्ट्रोनिक्स सामानहरुको खरिदकर्तालाई लक्की ड्रमा समावेश गरी उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रथम हुने भाग्यशाली विजेताले सामसङको ५५ इन्चको कर्भ टिभी, द्वितीयलाई ४९ इन्चको कर्भ टिभी, तृतीय हुने भाग्यशली विजेताले सामसङको ५ इन १ कन्भर्टेवल रेफ्रिजेरेटर, चौथोलाई ८ केजीको फ्रन्टलोड वासिङ्ग मेसिन तथा पाँचौं हुनेलाई २८ लि।को हट व्लास्ट युक्त सामसङको माइक्रोवेभ ओभन प्रदान गरिने कम्पनीले बताएको छ ।

सामसङका आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारद्वारा यस नयाँ वर्षको अफर प्रादान गरिएको हो । यो अफर यही चैत्र १९ गतेदेखि लागू भई बैशाख ३१ सम्म रहने छ । यो अफर नेपाल अधिराज्यभर लागू हुनेछ ।

Loading...